Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

समाचार प्रभावः ब्लड क्यान्सर पिडितलाई विदेशबाट सहयोग

Published on 12:28:00 PM //

असौज–२१, गुल्मी । ब्लड क्यान्सर पिडित गुल्मी हस्तीचौरका १४ वािर्षय रमेश घिमिरेको उपचरार्थ एक ब्यक्तिले विदेशबाट आर्थिक सहयोग पठाएका छन् । गुल्मीको धुर्कोट वस्तु गाविस वडा नम्वर ४ घर भई हाल पोर्चुगलमा कार्यरत तिलकराम पाण्डेले ३० हजार रुपैयाँ रमेशको उपचारको लागि पठाएका हुन् । रेडयो पत्रिका ओझेलका खवरमा रमेशको उपचारार्थ सहयोगको अपिल सम्वन्धी खवर गुल्मी न्युज डटकमबाट सुनेर सहयोग गर्न चाहेको पाण्डेले वताए । एक महिना अघि आफु होल्याण्डमा छँदा पनि त्यहाँ कार्यरत अन्य नेपालीहरुले समेत सहयोग संकलन गरेर आफु मार्फत सो रकम पठाएको पाण्डेले बताए । होल्याण्डबाट पोर्चुगल आई पुगेका पोण्डेले यहाँस्थित तम्घासमा बसेकी श्रीमति कमला पाण्डे मार्फत सो रकम पठाएका हुन । श्रीमिति कमला एक महिनादेखि विरामी भई तम्घासमा उपचार गराई रहेकी छन् । त्यस्तो अवस्थामा पनि उनकी श्रीमति कमलाले ओझेलका खवरका सञ्चालक प्रेम सुनारलाई सो सहयोग रकम आज हस्तान्तरण गरेकी छन् । सुनारले आजै सो रकम ब्लड क्यान्सर पिडित रमेशको घरमा पुराई दिन उनकै छिमेकी पत्रकार अनिल खत्रीलाई हस्तान्तरण गरी दिएका छन् । सहयोगदाता पाण्डेले पोर्चुगलबाट रेडियो रेसुङ्गा, रेडियो पत्रिका ओझेलका खवर र अनलाईन मिडिया गुल्मी न्युज डटकमप्रति आभार प्रकट गरेका छन् । भने–‘हामी विदेशमा बसेका नेपालीहरुलाई मन छुने गरी गाउँ समाजका कथा ब्यथाको खवर प्रशारण गरेर आझेलका खवर संसार भरी सुन्ने अवसर दिने गुल्मी न्युज डटकमप्रति आभार प्रकट गर्दछु ।’ 
यसै विच गुल्मीकै म्यालपोखरी गाविस वडा नम्वर ३ , बडाचौर घर भई हाल दोहा कतारमा कार्यरत गोपी खत्रीले मरभुङ्ग ९ निवासी मायाँ सुनारको उपचारार्थ ६ हजार रुपैयाँ ओझेलका खवर सञ्चालक सुनार मार्फत सहयोग पठाएका छन् । अनलाईन पत्रिका ओझेलका खवरमा मरभुङ्गकी मायाँ सुनार पाठेघर अप्रेशनका लागि ब्लड र रकमको अभावमा मृत्यु शैयामा छट्पटाउँदै भन्ने समचार गुल्मीन्युजमा पढेपछि सहयोग गर्न चाहेको खत्रीले बताए । भने– ‘ म पनि उनिहरु जस्तै गरिव भएर खाडीको तातो घाम खान आएको हुँ, मलाई गरिवीको पिडा राम्ररी थहा छ , त्यसैले सहयोग गर्ने ईच्छा जागेको हो ’ । माया सुनारलाई नेपाली सेना धागीथुम ब्यारेकका हवाल्दार उत्तम भुजेलले रक्तदान गिरेपछि उनले नव जिवन पाएकी छन् । उनि अहिले हिड्डुल गर्न सक्ने भएको र भोली वा पर्सी सम्म डिस्चार्ज गरिने रेसुङ्गा अस्पताल एण्ड रिर्शच सेन्टर तम्घासका डाक्टर लक्ष्मण भुषालले बताए । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग