Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धुर्कोट बहुमुखि क्याम्पसमा ८५ सदस्यीय अखिल क्रान्तिकारी

Published on 5:42:00 AM //

प्रेम सुनार
गुल्मी, ८ कार्तिक । गुल्मीको धुर्कोट बहुमुखि क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीको ईकाई कमिटी पुनर्गठन गरीएको छ । शुक्रबार भएको भेलाले मदन पाण्डेको संयोजकत्वमा ८५ सदस्यीय नयाँ समिति गठन गरेको हो । कमिटिको सह संयोजकमा भुवन बस्नेत र सचिवालय सदस्यहरुमा मदन पन्थी, अम्बिका पोखरेल, थानेश्वर पन्थी, उषा कुँवर, आशिष कुँवर लागायत रहनुभएको छ ।
भेलालाई सम्बोधन गर्ने अनेरास्ववियू क्रान्तिकारीका केन्द्रिय सदस्य प्रकाश अधिकारीले बेरोजगारीको अन्त्य गर्ने बैज्ञानिक र व्याबहारीक शिक्षा अनेरास्ववियू क्रान्तिकारीको अगुवाईमा मात्रै सम्भव भएकोले यो संगठनमा विद्यार्थीको लहर बढेको बतउनुभयो । कार्यक्रममा एकीकृत नेकपा माओवादी ३ नं क्षेत्रीय संयोजक बुद्धि जिसी, अनेरास्ववियू क्रान्तिकारीका पूर्व अध्यक्ष तथा एकिकृत माअ‍ोवादी राज्य समिति सदस्य भुपाल पोखरेल, अनेरास्ववियू क्रान्तिकारीका उपाध्यक्ष दधिराम खनाल, सचिव नारायण पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग