Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दशैँमा २ दिन छुट्टी नदिँदा इन्स्पेक्टरको गोली हानी हत्या

Published on 11:39:00 AM //

असौज २४ । दैलेखमा एकजना प्रहरी जवानले  प्रहरी ईन्सपेक्टरलाई टाउकोमा गोली हानी हत्या गरेका छन् । आज विहान ५ बजेतिर इन्सपेक्टर हेमराज भट्टलाई सुतिरहेको बेला कन्चटमा २ गोली हानेर हत्या गरी प्रहरी जवान कमल शर्माले आफ्नो पेटमा १ गोली हानी आत्महत्या गरेको त्यहाँका डीआईजी राजेन्द्रबहादुर सिहले जानकारी दिए । 
२५ बर्षिय शर्माले दसैँका लागि दुई दिनको छुट्टि माग्दा भट्टले अहिले नमिल्ने बताएपछि हिजैदेखि उनी रिसाईरहेका थिए । जिल्ला प्रशासन कार्यालयमा भट्ट कार्यालयका निमित्त प्रमुख रहेको बेला हिजो दैलेखकै खड्काडाँडामा घर भएका शर्माले दुईदिन विदा मागेका थिए । 
प्रहरीको प्रारम्भीक छानबिन अनुसार शर्माले विहान ५ बजेर २० मिनेट जाँदा निदाईरहेकै अवस्थामा भट्टलाई दुई गोली कन्चटमा हानेपछि उनको घटनास्थलमै मृत्यू भएको थियो । त्यसपछि लगत्तै शर्माले आफूलाई पेटमा १ गोली हानेका थिए । उनको भने अस्पताल पुर्याएपछि मृत्यू भएको थियो । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग