Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

राष्ट्रपति शक्तिपीठहरुमा

Published on 5:22:00 PM //

काठमाडौं- बडादसैंको आठौं दिन महाअष्टमी पर्वका अवसरमा राष्ट्रपति डा रामवरण यादवले आज बिहान काठमाडौं उपत्यकामा रहेका विभिन्न शक्तिपीठ पुगी पूजाअर्चना गरेका छन्। उनले नक्सालभगवती, शोभाभगवती, मैतीदेवी, भद्रकाली, सङ्कटालगायत मन्दिरमा पुगी माता भगवतीको दर्शन तथा पूजाअर्चना गरेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ।
यसअघि राष्ट्र प्रमुखका रुपमा तत्कालीन राजाले शक्तिपीठको दर्शन गर्ने परम्परा रहे पनि मुलुकमा गणतन्त्र स्थापना भएपछि राष्ट्रपतिले राष्ट्रप्रमुखका रुपमा हरेक वर्ष महाअष्टमी पर्वका अवसरमा शक्तिपीठको दर्शन तथा पूजाअर्चना गर्दै आएका थिए।

बडादसैँको आठौं दिन आज दुर्गाभवानीको पूजाआराधना गरी महाअष्टमी पर्व मनाइँदै छ। दसैँघर र कोतलगायत नेपालका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गाकवच, दुर्गा सप्तशती वा चण्डी पाठ गर्ने गरिन्छ। काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठ दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकाकस्थान, नक्सालभगवती, भद्रकाली, शोभाभगवती, विजयेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रबाराहीलगायत मन्दिरमा पनि बलि चढाउने र पूजाआराधना गर्नेको बिहान सबेरैदेखि घुइँचो लागिरहेको छ। ती शक्तिपीठमा पशुबलिका रुपमा राँगा, हाँस, कुखुरा, बोका, भेँडा आदिको भोग चढाइन्छ। रासस

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग