Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबईमा दशै धमाकाका साथ फिल्म “ओईलिएको फुल” को प्रेमीयर हुने

Published on 3:31:00 AM //

लालबहादुर ढेंगा
दुबई । वैदेशिक रोजगारीको सिलसिलामा युएईस्थित कार्यरत नेपालीहरुले जन्मभूमिबाट टाढा सात समुन्द्रपार युएईमा रहेता पनि आफ्नो पारम्पारिक तथा नेपालीहरुको सबैभन्दा ठूलो चाड विजया दशमीलाई टिका जमराका साथ विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम र गुरुङ भाषाको फिल्म “ओईलिएको फुल” च्ह्याल्याब त, को प्रेमीयर शो देखाएर मनाउने भएका छन् । सो कार्यक्रम लम्जुङ सम्पर्क समिति युएई, तमु समाज युएई र तमु प्ये ल्हु संघ युएईको संयुक्त आयोजनामा गरिन लागिएको हो ।
उक्त कार्यक्रम आगामी १८ अक्टोबर शुक्रबारका दिन दुबईको बर्जुमान सेन्टरको नजिकै होली डे ईन होटलमा सम्पन्न गरिने भएको छ । युएईस्थित बसोबास गरेका तमुहरुको जेष्ठ तथा बृद्ध माता गंगामति तमुस्योको हातबाट टिका र जमरा लगाएर शुभकामना आदानप्रदानका साथ स्थानीय ख्यातिप्राप्त कलाकारहरुको विविध सांगीतिक प्रस्तुतिहरुका साथ रमाइलोसंग मनाउने भएका छन् । सो निर्णय गत ४ अक्टोबर शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा लम्जुङ सम्पर्क समिति युएईका अध्यक्ष राजु घलेको अध्यक्षता, तमु प्ये ल्हु संघ युएईका अध्यक्ष एकाजंग गुरुङको बिशेष अतिथि, विभिन्न संघ संस्थाका प्रतिनिधि र मुक्ति गुरुङको संचालनमा भएको बैठकले गरेको हो ।
नेपालको सुन्दर प्रकति र सम्पदाले भरिएको लम्जुङ घले गाउंमा छायाकंन गरिएको निर्माता, निर्देशक, अभिनेता र गायक मनोज गुरुङले आफैले अभिनय गरेको गुरुङ भाषाको फिल्म “ओईलिएको फुल” च्ह्याल्याब त, दुबईमा दशैको चहलपहलसंगै यस प्रेमीयर शोले सुनमा सुगन्ध थप्ने भएको छ । खासगरी गरुङ भाषाको फिल्म पहिलो पटक दुबईमा प्रेमीयर शो देखाउने भएकाले गुरुङ दाजुभाई तथा दिदीबहिनीहरु निकै उत्साह जागेको छ ।
यस कार्यक्रमलाई भव्यताका साथ आयोजना गर्नका लागि आयोजक समिति सशंक्त रुपले तयारीमा लागिपरेका छन् । कार्यक्रममा प्रवेश गर्नका लागि सहयोग शुल्कसहित दिराम ४० मात्र राखिएको छ । यसै समाचारलाई आधार मानेर कार्यक्रममा उपस्थितिको लागि लम्जुङ सम्पर्क समिति युएईका उपाध्यक्ष महेश पराजुलीले आग्रह समेत गरेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग