Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अल्लो र सिस्नोको बजारीकरणमा समस्या देखिएको गुनासो

Published on 12:50:00 AM //

रामकृष्ण बोहरा
बागलुङ । स्थानीय स्तरमा रहेका अल्लो र सिस्नोको बजारिकरण नभएको बागलुङ पश्चिमका स्थानीयहरुले गुनासो गरेकाछन् ।
स्थानिय बजार सानो र बाह्य बजारमा निर्यात गर्नुपर्दा रुपमा सनो बजार व्यवस्था र वाह्य बजारमा उत्पादीत बस्तुलाई निर्यात गर्दा उत्पादन मुल्य समेत नउठ्ने भएपछि अल्लोको धागो र सिस्नोको पाउडर उत्पादन गर्ने उद्यमी समस्यामा परेका छन् । अल्लोको धागो र सिस्नोको पाउडरबारे उपभोक्तालाई जानकारी गराउन नसक्दा बजारीकरणमा समस्या भएको उनीहरुको भनाई छ ।
अल्लो धागो र सिस्नोको पाउडर उत्पादन गरेपनि बिक्री नहुने र बाहिरको बजारमा पठाउँदा उत्पादन मुल्य समेत उठ्न छोडेपछि बजारीकरणमा समस्या भएको जिल्लाको बुङ्गादोभानका सिस्नो पाउडर उद्यमी टकबहादुर घर्तिले गुनासो गर्नुभएको छ ।  । जिल्ला लघुउद्यमी समुह संघको सहयोगमा स्थापित सौगात बागलुङले उत्पादन गरेको केही मात्रामा सिस्नो पाउडर बिक्री भएपनि पर्याप्त बिक्री हुन नसकेको घर्तिले गुल्मीन्युजलाई बताउनुभएको छ ।
 जंगलमा पाइने सिस्नो र चाल्ने सिस्नोबाट उत्पादन हुने पाउडर र अल्लो धागो आफुहरुले उत्पादन गरेको सबै बजारमा पठाउन गाह्रो भएको उद्यमीहरु बताउँछन् । ‘राम्रो बजार पाए हामीले धेरै उत्पादन गर्ने ताराखोलाका अल्लो उद्यमी बिष्णु कुमारी रोकाको भनाई छ ।
धेरै समय खर्चेर उत्पादन हुने बस्तुले समयमा बजार नपाउँदा उद्यमीहरु थप समस्यामा परेका छन् । समय धेरै खर्चेर कच्चा पदार्थको संकलन र प्रशोधन गरी उत्पादन गरेको बस्तुले बजार नपाउँदा समस्या परेको दमेकका उद्यमी उमा विकको भनाई छ ।
 जिल्लाका उद्यमीहरुले उत्पादन गरेको अल्लो धागो मसिनोको प्रतिकेजी ७ सय रुपैयाँ र सिस्नोको पाउडर प्रतिकेजी ५ सय रुपैंयामा बिक्री गर्दै आएका छन् । उनीहरुले उत्पादन गरेको बस्तुको उत्पादन लागतका आधारमा बजार मुल्य नभएकोमा निराश देखिन्छन् ।   जिल्लामा कति अल्लो र कति सिस्नो पाउडरको उत्पादन हुन्छ भन्ने तथ्याङ आँफुसँग नभए पनि १ सय ११ उद्यमीले अल्लो र ९६ उद्यमीले सिस्नो पाउडरको उत्पादन गर्ने गरेको लघुउद्यमी समुह संघका कार्यक्रम संयोजक डिलकुमारी थापाले बताउनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग