Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीन्युजको अनलाईन मत सर्बेक्षणमा एमाले र कांग्रेस अगाडि

Published on 2:22:00 AM //

गगनशिला खड्का
गुल्मी, कार्तिक १२ । ईन्टरनेट मार्फत सन्चालित अन्लाईन "मिनी पोलमा" गुल्मीका दुई क्षेत्रमा अहिले सम्म नेकपा एमालेले अग्रता कायम गरेको छ । विगतको संविधान सभाको निर्वाचनमा गुल्मीमा एउटा मात्र सिट जितेको नेकपा एमाले यसपाली भने दुइवटा क्षेत्रमा अगाडी देखिएको छ ।
अनलाईन मिडिया गुल्मी न्युज डटकमले सञ्चालन गरेको आगामी संविधान सभाको निर्वाचनमा गुल्मीका तिनवटै निर्वाचन क्षेत्रबाट को-कस्ले जित्लान ? भन्ने "मिनी पोल" को सर्बेक्षणमा अहिलेसम्म गुल्मी क्षेत्र नम्बर २ का उम्मेदवार तथा पुर्व पर्यटन मन्त्री प्रदिप ज्ञवाली र क्षेत्र नम्बर ३ मा उम्मेदवार तथा पुर्व उर्जा मन्त्री गोकर्ण बिष्ट अगाडी देखिएका छन् ।
गुल्मी क्षेत्र नं २ का उम्मेदवार प्रदिप ज्ञावली यो समाचार पार्दा सम्म कुल ४५८ भोट मध्य २ सय १६ (४७ प्रतिशत) मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने उँहाका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भन्दारी कुल १७९ मतका (३९ प्रतिशत) साथ दोस्रो स्थानमा हुनुहुन्छ । त्यसैगरी एकिकृत नेकपा माओबादीका उम्मेदवार अशोक थापाले ५५ मत (१२ प्रतिशत)  प्राप्त गर्नुभएको छ ।
उता निर्वाचन क्षेत्र नं ३ मा पनि अनलाईन मत सर्बेक्षणमा एमालेका उम्मेदवार गोकर्ण बिष्ट अगाडि छन् । गुल्मी निर्वाचन क्षेत्र नं ३ का नेकपा एमालेका प्रत्यक्ष उम्मेदवार गोकर्ण विष्टले कुल १४८ मध्य ८१ मत (५४ प्रतिशत) का साथ अग्रस्थानमा हुनुहुन्छ भने उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका त्रैलोक्य प्रताप सेनको ३५ मत (२३ प्रतिशत) का साथ २१ प्रतिशत र एकिकृत नेकपा माओबादीका बामदेब क्षेत्रीको २८ मत (१३ प्रतिशत) प्राप्त गरेका छन् । यी तीन उम्मेदवार बाहेक अन्य उम्मेदवारहरुको पक्षमा भने जम्मा ४ मत अर्थात २ प्रतिशत मात्र मत परेको छ ।
यता नेकपा एमालेकी लुम्बिनी अञ्चलकै एकमात्र प्रत्यक्ष तर्फकी महिला उम्मेद्वार मैना भण्डारीको निर्वाचन क्षेत्र नं १ मा भने एमाले दोस्रो स्थानमा रहेको छ । क्षेत्र नं १ मा नेपाली काँग्रेस पहिलो, एमाले दोश्रो र एकिकृत नेकपा माओबादी तेश्रो  स्थानमा छन् । मिनी पोलका अनुसार निर्वाचन क्षेत्र नं १ मा नेपाली काँग्रेस, एनेकपा माओबादी र नेकपा एमालेका उम्मेदवार बिच अत्यन्तै प्रतिस्पर्धा रहेको देखाउँछ । उनिहरुबिच १० भन्दा कम मतको फरक मात्र रहेको देखिन्छ । नेपाली काँग्रेसका उम्मेदवार कृष्ण बहादुर छन्तेल यो समाचार तयार पार्दा सम्म कुल १५९ मत मध्य ६२ (३८ प्रतिशत) का साथ अग्रस्थानमा हुनुहुन्छ भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी मैना भण्डारी ४९ मत (३० प्रतिशत) का साथ दोस्रो स्थानमा र एकिकृत नेकपा माओबादीका शुदर्शन बराल ४२ मत (२६ प्रतिशत) का साथ तेस्रो स्थानमा हुनुहुन्छ । उहाँहरुका अलावा अन्य उम्मेदवारहरुमा ६ मत अर्थात ३ प्रतिशत भोट परेको छ ।
एउटा आईपी ठेगानाबाट एउटा डिभाईसबाट एकपटक मात्र भोट गर्न मिल्ने यो मिनी पोलमा निर्वाचनको दिन सम्म भोट गर्न मिल्ने गुल्मीन्युज डट कमका संचालक सन्जु काउछा मगरले बताए ।
यो मिनी पोलमा तपाईं पनि सामेल हुन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग