Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भवन भत्कीए पछि खुल्ला आकाश मुनी विद्यार्थी

Published on 4:03:00 AM //

प्रेम सुनार
गुल्मी, ११मंसिर । चार महिना अघि भवन भत्कीए पछि गुल्मी छापाहिलेको एक विद्यालयका विद्यार्थी खुल्ला आकाश मुनी बसेर पढ्न बाध्य भएका छन् । छापाहिले गाविस वडा नम्वर ६ मा रहेको छापाहिले प्रस्तावित माध्यामिक विद्यालयका विद्यार्थी यस्तो समस्यामा परेका हुन् । भदौ ८ र ९ गतेको अविरल वर्षा संगै बगेको पहिरोले भवन भत्कीए पछि कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई चौरमा राखेर पढाउने गरिएको प्रधानध्यापक श्यामलाल गिरीले बताए । स्थानियवासी समेत रहेका अनेरास्ववियुका जिल्ला अध्यक्ष ओम कार्कीले भवन भत्कीन साथ विद्यालयको बैठक बसी जिल्ला शिक्षा कार्यालयमा पुनर्निर्माणका लागि निवेदन दिएको बताए । उनले आगामी वजेट वितरणमा सो कार्यालयले सम्वोधन गर्ने विश्वास ब्यक्त गरे ।
प्रधानध्यापक गिरीका अनुसार २०१८ सालमा त्यहाँको काफल पानी गाउँबाट सुरु गरिएको विद्यालय सागवारीमा २०५४ सालमा सो भवन गुल्मी अर्घाखाँची ग्रामिण विकास परियोजना (गार्डेप ) ले निर्माण गरी दिएको थियो ।  उपयुक्त जमिनको अभावमा करिव १५ मिनेट दुरीको अभावमा सो विद्यालयका दुई वटा भवन रहेको मध्ये भत्कीएको भवन तर्फको शौचालय समेत जिर्ण बनेर प्रयोग विहिन रहेकोे छ । विद्यार्थीहरु झाडी तिर दिशा पिशाव गर्न जाने गरेको प्रधानध्यापक गिरी बताउँछन । निजी श्रोतबाट कक्षा ९ र १० सञ्चालन गर्दा आर्थिक भार थेग्न मुस्कील परेको भन्दै उनले सरकारले मावि सम्वोधन गरी दिन समेत निकै जरुरी रहेको बताए ।
‘शान्ति तथा पुनर्निमार्ण मन्त्रालयले बनाई दिएको जम्मा चार कोठे भवन मात्रै छ’ उनले भने –‘जिल्ला शिक्षा कार्यालयले यहाँको मर्का नबुझी दिने हो भने विद्यायल बन्द गर्ने अवस्थामा पुग्ने भएका छौं । ’ यस सम्वन्धमा जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद अर्यालको ध्यानकृष्ट गराउँदा उनले सो विद्यालयको भवन निर्माण प्राथामिकतामा परेको बताए ।  उनले भने –‘अहिले चुनावको कामले भ्याईएको छैन , दुई महिना भित्रमा वितरण गर्दा जिल्ला शिक्षा कार्यालयको प्राथामिकतामा पारेर जिल्ला शिक्षा समितिको बैठकमा राख्ने छौं । उनले थपे–‘ त्यहाँ भवन पर्ने नपर्ने हामीले अहिले नै भन्न सक्दैनौ तर हाम्रो प्राथामिकतामा पर्छ , हेरौं समितिले के गर्ने हो । ’ उनले त्यहाँ शौचालय अभाव सम्वन्धी निवेदन आएकोले त्यो भने वितरण गर्दा पारी दिने प्रतिवद्धता जनाए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग