Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जनताको जनमतलाई कदर गर्नुस् ः एमाले नेता बिष्ट

Published on 4:12:00 AM //

अनिल खत्री
गुल्मी, मंसिर ११ । नेकपा एमाले केन्द्रिय सदस्य एबं पुर्व उर्जा मन्त्री गुल्मी क्षेत्र नं.३ बाट  संबिधान सभा सदस्य मा नव निर्वाचित सभाषद गोकर्णराज बिष्टले एकिकृत नेकपा माओवादीलाई जनताको जनमत स्वीकार्न आग्रह गर्नु भएको छ  । नेकपा एमाले क्षेत्र नं.३ गुल्मीले संञ्चालन गरेको बिजय ¥यालीको क्रममा मंगलवार दोहोली, दर्लामचौर, इस्मारजस्थल, अम्मपुर लगायतका बिभिन्न गाबिसमा गरिएको बिजय ¥यालीको कार्यक्रममा उहाँले यस्तो कुरा बताउनु भएको हो । लोकतन्त्र राम्रो पक्ष भनेको जनताको जनमतलाई स्वीकार्नु हो त्यसैले एकिकृत नेकपा माओवादीलाई जनताको जनतमत स्वीकार्य र लोकतान्त्रिक संबिधान निमार्ण लाग्न आग्रह गर्नु भएको छ ।  पुर्व मन्त्री समेत रहेका बिष्टले आफु बिगतमा हारेर पनि जनता संग रहेर बिकास निमार्णको काम गरेको र अहिले फेरि यसै क्षेत्रबाट बिजयी भए पनि साझा उमेदवारको रुपमा रहेर यस क्षेत्रको बिकास निमार्णमा लाग्ने बताउनु भएको छ ।
संबिधान सभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरिएको र  जनताको स्विकार्य संबिधान निमार्ण गर्नु मुख्य काम भएको र जनताको समृद्धीका लागी बिकासका कामलाई समेत आफनो प्रमुख जिम्मेवारी रहेको बताउनु भएको छ । साथै आफु र आफनो पार्टीलाई बिजयी गराउन लाग्नु हुने सम्पुर्ण कार्यकर्ता, जनवर्गिय संगठन, आमा बुवा सम्पुर्णलाई समेत धन्यावाद दिनु भएको छ । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी गुल्मीका सचिवालय सदस्यहरु हिरा एसी, नारायण पैयानी, कृष्ण घिमिरे, लक्ष्मण बिष्ट, प्रचार बिभाग प्रमुख शेषकान्त गौतम, पुर्व जिल्ला कमिटी सदस्य कलानिधी भण्डारी, क्षेत्रिय कमिटी सदस्य चुरा बिष्ट, रामेश्वर अर्याल, युवा संघ गुल्मीका अध्यक्ष कृष्ण बिश्वकर्मा, अनेरास्वबियू जिल्ला कमिटी अध्यक्ष ओम कार्की, पुर्व अध्यक्ष रमेश काउछा, कलाकार सन्तोष लम्साल पत्रकार टोपलाल अर्याल लगायतको सहभागिता रहेको थियो । बिजय ¥याली गुल्मी क्षेत्र न.३ का २८ वटै गाबिसमा पुगेर धन्यावाद दिने कार्यक्रम रहेको नेकपा एमाले क्षेत्र नं.३ गुल्मीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग