Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाल युएईलाई ५ विकेटले हराउँदै तेस्रो

Published on 7:39:00 PM //

१५ मंसिर, काठमाण्डौं । टी-ट्वान्टी विश्वकप छनोट क्रिकेटको तेस्रो स्थानका लागि भएको खेलमा नेपालले घरेलु टिम युएईलाई ५ विकेटले पराजित गरेको छ । १ सय ३२ रनको लक्ष्य लिएर मैदानमा उत्रेको नेपालले शरद भेसवकारको अविजित ४३ रनको मद्दतमा जित निकालेको हो । नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
नेपालका लागि हङकङ विरूद्द विजयी रन बटुलेका मध्यक्रमका व्याटसम्यान शरद भेसवाकरले ३ चौका र ३ छक्का सहित अविजित ४३ रन बनाए । त्यस्तै ओपनर सुवाश खकुरेलले ३ चौका सहित ३८ रन जोडे भने ओपनर सागर पुनले १९ रन बनाए । अनिल मण्डल १३ रनमा अविजित रहे । त्यसैगरी ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए भने कप्तान पारस खड्काले २ रन मात्र जोड्न सके । अर्का व्याट्सम्यान विनोद भण्डारी डकआउट हुनपुगे ।
हारको नजिक पुगिसकेको नेपाललाई आज पनि शरदले उद्धार गरे । कप्तान पारस खड्कालाई २ रनमा गुमाएपछि क्रिजमा आएका भेसवाकर आजको युएई विरुद्धको खेलमा पनि नायक सावित भए । भेसवाकरले नेपाललाई जितको लागि ६ बलमा ११ रन चाहिएको अवस्थामा अन्तिम ओभरको दुईबलमा छक्का हानेपछि नेपालले ४ बल बाँकी छादै लक्ष्य भेटाएको हो ।
यसअघि टस हारेर पहिले व्याटिङमा उत्रेको युएर्इका लागि अब्दुल साकुरले सर्वाधिक २८ रन बनाए । उनलाई बसन्त रेग्मीको बलिङमा अनिल नेपालका लागि बसन्त रेग्मीले ४ ओभर बलिङ गर्दै १६ रन खर्चेर ४ विकेट लिए भने महंगा सावित भएका अर्का स्पिनर शक्ति गौचनले ३ ओभर बलिङ गर्दै ३१ रन खर्चेर १ विकेटमात्र लिए । आजको खेलमा नेपालका लागि ४ विकेट लिएका बसन्त रेग्मी म्यानअफ द म्याच घोषित भए । बलिङतर्फ युएईका कम्रन शाहजादले दुई तथा सहदीप शिल्भा, अम्जद जाभेद र रोहन मुस्तफाले एक एक विकेट लिए ।
सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो भने आयरल्याण्डले यूएईलाई हराएको थियो । उपाधिका लागि आजै अफगानिस्तान र आयरल्याण्ड भिड्दैछन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग