Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सेतो गुराँस बालविकास केन्द्रको सामाजिक परिक्षण सम्पन्न

Published on 1:21:00 PM //

कबिता घर्ती मगर
बाग्लुङ । ‘नेपालको भविष्य बालबालिकाको हातमा, बालबालिकाको भविष्य हाम्रो हातमा’ भन्ने नारासहित सेतोगुराँस बालविकास सेवा बागलुङले आर्थिक बर्ष २०६९÷०७० को संस्थागत बार्षिक सामाजिक परिक्षण सोमबार सम्पन्न गरेको छ ।
संस्थाले एक वर्षको अवधिमा गरेका कार्यक्रमको उपलव्धी, सिकाई चुनौती र बार्षिक आयव्ययको बिषयमा सरोकारवालालाई जानकारी गराउने उद्देश्यले सामाजिक परिक्षण गराएको हो ।
कार्यक्रममा सहभागीहरुले संस्थाले संञ्चालन गर्दै आएका कार्यक्रमलाई समयानुकुल परिवर्तन गर्दै निरन्तरता दिनुपर्ने र बालबिकास सेवाले संचालन गर्दै आएको घरमा आधारित बालविकास र बालविकास केन्द्रलाई दिर्घकालीन विकासको बाटोमा लैजानु पर्नेमा जोड दिएका थिए ।
सेतोगुराँस बालविकास सेवाले आफ्ना कार्यक्रम संचालन गरेको ८० गाविसका ३५१ बालविकास केन्द्रहरुमा ४६ प्रतिशत बालवालीकाको पहुँच पुगेको जानकारी दिएको थियो ।
कार्यक्रममा कार्यकारी निर्देशक बिना कार्कीले संस्थागत प्रतिवेदन, अनुगमन तथा मुल्याङकन प्रतिवेदन अधिकृत कालीका सापकोटा र प्रशासन तथा लेखा व्यवस्थापक सिर्जना भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग