Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बागलुङमा विश्व एड्स दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिने

Published on 1:20:00 PM //

कबिता घर्ती मगर
बाग्लुङ । ‘एच.आई.भि.को नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शुन्यमा पु¥याऔ’ भन्ने नाराका साथ आगामी मंसिर १६ गतेका दिन  बागलुङमा पनि २६ औं विश्व एड्स दिवस भव्यताका साथ मनाईने भएको छ ।
दिवसको अवसरमा एच.आई.भि. एड्स सम्बन्धि जनचेनता फैलाउने उद्देश्यका साथ स्थानिय एफएम रेडियोबाट अन्र्तक्रिया कार्यक्रम तथा पत्रपत्रिकामा लेख रचना प्रकाशन गरिने बताईएको छ ।
स्थानिय टेलिभिजनबाट टेलिफिल्म प्रसारण, सडक नाटक प्रर्दशन, एच.आई.भि. एड्स सम्बन्धि माध्यामिक स्तरीय खुल्ला बक्तृत्वकला प्रतियोगिता, जनचेतनामुलक ¥याली, बागलुङ बजारको विभिन्न स्थानमा पर्चा पम्पलेट वितरण लगाएतको कार्यक्रम संचालन गर्ने तयारी भएको जिल्ला एड्स समन्वय समितिका संयोजक प्रदिप जिसीले जानकारी दिनुभएको छ । यसै विषयलाई लिएर सोमबार बसेको बैठकमा बोल्दै स्थानिय विकास अधिकारी पुण्यविक्रम पौडेलले एड्स दिवस मनाउनका लागि आम जनसमुदायमा सचेतना जागोस र व्यवहार परिवर्तन गर्नका लागि केहि योगदान पुगोस भन्ने धारणा व्यक्त गर्नुभएको थियो ।
स्थानिय सरकारी तथा गैह्रसरकारी संघ संस्थाका सरोकारवालाको उपस्थिति रहेको बैठक जिल्ला एड्स समन्वय समितिका सदस्य सचिव तथा बरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठको अध्यता जनस्वास्थ्य अधिकृत जिवन कुमार शाक्यको संचालनमा सम्पन्न भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग