Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ओझेलका खवर संचालकलाई वेलायतबाट कोसेली

Published on 8:46:00 PM //

अनिल खत्री
कार्तिक २४, गुल्मी ।  चर्चित कार्यक्रम रेडियो पत्रिका ओझेलका खवरलाई गुल्मी घर भई हाल बेलायतमा बस्ने नेपालीहरुले कार्यक्रमसंग सम्वन्धीत सामग्री पुरस्कार पठाएका छन् ।
गुल्मीको जुभुङ ८ घोराहा घर भई बेलायतमा रहनु भएका गुल्मी जिल्ला यु.के. समजका अध्यक्ष अर्जुन गौतम र रुपाकोट घर भई वेलायतमै रहनु भएका समाजका पुर्व उपाध्यक्ष एवं सल्लाहकार मोतीराज भण्डारीले ओझेलका खवर थप स्तरिय बनोस् भन्ने हेतुले विविसी रेडियोकर्मीले प्रयोग गर्ने खालको गुणस्तरिय डिजिटल भ्वाईस रेकर्डर पुरस्कार पठाउनु भएको हो ।
 उहाँहरुले करिव २५ हजार  मुल्य वराबरको भ्वाईस रेकर्डर गुल्मीको वस्तु घर आई पुग्नु भएका समाजका उपाध्यक्ष केशव भण्डारी मार्फत पठाउनु भएको हो । भण्डारीले आज सदरमुकाम तम्घासमा एक समारोहका विच ओझेलका खवर सञ्चालक प्रेम सुनारलाई उक्त पुरस्कार सामग्री हस्तान्तरण गर्नु भएको छ ।
हस्तान्तरण गर्दै उपाध्यक्ष भण्डारीले ओेझेलका खवरलाई थप स्तरिय बनोस भन्ने शुभकामना ब्यक्त गर्दै कत्ति विचलित नभई अगाडी बढ्न कार्यक्रम सञ्चालक सुनारलाई प्रोत्साहित गर्नु भएको थियो । उहाँले बेलायतमा बस्ने नेपालीहरु विशेषत ओझेलका खवरले उठाउने विषयहरु मध्ये मानविय उद्धार, अन्य सामाजिक पाटो लगायत खोजमुलक सामग्रीबाट प्रभावित भई समाजका पुर्व उपाध्यक्ष मोतीलाल भण्डारीको पहलमा अध्यक्ष अर्जुन गौतम दुवै जनाले बराबर ब्याक्तिगत रकमबाट उक्त समाग्री खरिद गरी पुरस्कार पठाउनु भएको जानकारी गराउनु भयो ।
वेलायतबाट फोन गरी उक्त समाग्री लिन आग्राह गर्दै अध्यक्ष गौतम र  भण्डारीले ओझेलका खवरले यसरी नै राजनिती भन्दा पनि सामाजिक विषय, त्यसमा पनि कोहि कसैवाट पिडित र दिन दुखीका दु:ख पिडा उठाउन नछाडोस भन्ने शुभकामना दिनु भयो । उहाँहरुले संस्थागत नभई उक्त समाग्री कार्यक्रम सञ्चालकले निजि प्रयोजन गर्ने गरी पठाएको जानकारी दिनु भयो । त्यति टढा  वेलायतमा रहेर पनि ओझेलका खवर सुनेर पुरस्कार पठाउनु भएकोमा कार्यक्रम संञ्चालक सुनारले अध्यक्ष गौतम र उपाध्यक्ष भण्डारीप्रति आभार प्रकट गर्नु भएको छ । हस्तान्तरण कार्यक्रममा विचित्र गुफा संरक्षण तथा विकास समितिका संरक्षक वस्तु निवासी युवराज भण्डारी, अर्जुन आवसीय उच्च माध्याकि विद्यालय तम्घासका शिक्षक बाबुराम पन्थी लगायतको सहभागिता थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग