Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छुटाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु

Published on 8:31:00 PM //

कृष्ण बिसी 
नवलपरासी, कार्तिक २४ । नवलपरासीका बिभिन्न स्थानमा भएको  छुटाछुटटै घटनामा  परी ३ जनाको मृत्यु भएको छ । परासी-भैरहवा सडक खण्ड अन्तर्गत हकुईमा भएको दुर्घटनामा एक जनाकोे मृत्यु भएको छ । परासीबाट भैरहवा तर्फ जादै गरेको यु पी ५३ सीटी ०७३५ नम्बरको भारतीय नम्बर प्लेटको ट्रकले विपरित दिशाबाट आईरहेको लु ५ प ९६८४ नम्बरको मोटरसाइकललाई ठक्करदिँदा मोटरसाइकल चालक हकुई ६ का २२ वर्षीय ओमनारायण चौधरीको घटनास्थलमै मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ ।यस्तै पुर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको हर्कपुर  ४ भएको सवरी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यलय गैडाकोटका अनुसार आज बिहान  भएको सवारी दुर्घटनामा परी अन्दाजी २० बर्षिय  युवतीको मृत्यु भएको हो । प्रहरीका अनुसार मृतक युवतीको परिचय खुल्न सकेको छैन् । ठक्कर दिने सवारी साधन फरार रहेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यसैगरी  धान झाट्ने मेसीनमा परेर   देवचुली २ मा एक महिलाको मृत्यु भएको छ  । देवचुली २ किर्तीपुरमा धान झाट्ने मेसिन थरेसरमा बेरीदा देबचुली २ की करिब ४५ बर्षीय लाल मया सिंजालीको मृत्यु भएको हो ।   ना ३ च १५०३ नम्बरको टेक्टरको  धान झाट्ने मेसीनले धान झाट्ने क्रममा कपाल बेरीन पुग्दा घाइते भएकी सिंजालीको अस्पताल ल्याउदै गर्दा मृत्यु भएको इलका प्रहरी कार्यलय नवलपुरले जनकारी दिएको छ । टेक्टर र टेक्टर चालक प्रहरी नियन्त्रणमा रहेकोल  छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग