Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चन्द्रकोट क्याम्पसका प्राध्यापकले छोरीसँग एउटै पासोमा झुण्डिएर आत्महत्या गरे

Published on 2:52:00 AM //

गुल्मीन्युज संबाददाता
गुल्मी, कार्तिक २५ । शान्तिपुर स्थित चन्द्रकोट बहुमुखी क्याम्पस गुल्मीका एक प्राध्यापकले आफ्नी नाबालिका छोरीसँग एउटै पासोमा झुण्डिएर आत्महत्या गरेका छन । बाग्लुङ सल्यान ४ मा स्थायी घर भएका ३० बर्षिय गणेश के.सीले आफ्नी ७ बर्षिया छोरी मुना के.सीलाई साथमा राखेर घरको दलिनमा झुण्डिएर आत्माहत्या गरेका हुन् ।
के.सीकी ७ वर्षिया छोरी मुनाले आफै खाना खान नसक्ने र नाकबाट पाइप लगाएर खुवाउनुपर्ने अवस्थामा रहेको र छोरीको असामान्य अवस्थाका कारण आत्माहत्या गरेको हुन सक्ने स्थानीयबासीको अनुमान छ ।
बिहानको समयमा घरका सबैजना घाँस काट्न गएको मौका पारेर उनीहरुले घरको उपल्लो तलामा गएर आत्महत्या गरेको प्रहरी नायव निरिक्षक शैलेन्द्र खड्काले बताए । बाबुछोरीले एउटै पासो लगाएर आत्महत्या गरेपछि केसी परिवार अहिले शोकमा डुवेको छ । आत्महत्या गरेको जानकारी पाए लगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलिले अनुसन्धान सुरु गरेको र शव पोष्टमार्टमका लागी सदरमुकाम ल्याई पुर्याईएको पनि प्रहरीले बताएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग