Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा चुनावी पर्चा: दलहरु टाँस्दै, आयोग उप्काउँदै (फोटो फिचर)

Published on 2:44:00 AM //

जनार्दन घिमिरे
गुल्मी, २५ कात्तिक । निर्वाचन आयोगले आचार संहिता उलंघन भएको भन्दै गुल्मीको क्षेत्र नम्वर ३ र क्षेत्र नंम्वर दुईमा सार्वजनिक स्थानहरुमा टाँगेका पोष्टर, झण्डा तथा तुल व्यानरहरु धमाधम आफै हटाउन शुरु गरेको छ । आयोगले त्यस्ता सार्वजनिक स्थानहरुमा राखिएका सामाग्रिहरु हटाउन दलहरुलाई २४ घण्टे अल्टिमेटम दिएपनि दलहरुले त्यसको कुनै कार्वान्वयन नगरेपछि आयोगले आफै हटाउन शुरु गरेको निर्वाचन आयोगका सहसचिव खगराज पौंडेलले जानकारी दिनु भएको छ ।
आचारसंहिता अनुगमनको क्रममा आयोगले क्षेत्र नम्वर तीनमा अनुगमन पुरागरि सोमबारदेखि सदरमुकाम तम्घासमा अनुगमन शुरु गरेको छ । अनुगमनको क्रममा निर्वाचन अधिकृत र आयोगका अनुगमनकर्ताहरुको नेतृत्वमा तम्घास वजार क्षेत्रमा टाँगिएका पोष्टर र झण्डाहरु हटाउन शुरु गरिएको हो ।





भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग