Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाओवादी क्षेत्र नं. ३ को घरदैलो तथा जनभेटघाट कार्यक्रम सम्पन्न

Published on 3:11:00 PM //

कृष्ण पोखरेल
खर्वाङ, कात्तिक २२ । एकिकृत नेकपा माओवादी क्षेत्र नं. ३ को चुनावी अभियान अन्तर्गत आज दगातुन्डाँडा गा.वि.स.को वडा नं. ७ मा घरदैलो तथा जनभेटघाट कार्यक्रम सम्पन्न भएको छ । एमाओवादी क्षेत्र नं ३ का प्रत्यक्ष उमेदबार तुलसीराम अर्याल सहितको टोलीले वडाका सबै घर घरमा पुगेर पर्चा वितरण गर्ने अर्याललाई मतदान गर्न आग्रह गरेको बताइएको छ ।
घरदैलो कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य एवं एकिकृत माओवादीका क्षेत्र नं ३ वागलुङका इन्चार्ज राजिव घिमिरे, राज्य समिति सदस्य तथा निर्वाचन परिचालन कमिटिका सदस्य गँगा भुजेल, दगातुन्डाँडा ईन्चार्ज तथा जिल्ला सदस्य नारायण धिताल, गाउँ कमिटि सेक्रेटरी मनोज गैरे, लगाएतको सहभागीता रहेको एमाओवादी क्षेत्र नं. ३ ले जनाएको छ । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग