Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सकियो जनचेतना क्लवको देउसीभैलो

Published on 4:10:00 PM //

रेडियो सारथी
खर्बाङ । जनचेतना युवा क्लव दगातुन्डाँडा ९ सक्न्यानर बाग्लुङको देउसीभैलो कार्यक्रम सकिएको छ । गत कार्तिक १८ गतेदेखी सुरु भएको देउसीभैलो कार्यक्रम ४ दिनसम्म चलेको थियो । वडा नंं ९ मा खेलीएको देउसी-भैलोबाट २७ हजार २ सय ८३ रकम जम्मा भएको र उक्त रकम क्लवको विकास र सामाजिक कामका लागि खर्च गरीने आर्थिक सँयोजक गन बहादुर बलामी बताउनुभएको छ ।  भैलो कार्यक्रमको उद्घाटन कार्यक्रममा धन बहादुर श्रीसको प्रमूख अतिथ्यता, कुलेन्द्र पुनको सभापतित्व र हेमन्त सलामीको सँचालनमा सम्पन्न भएको थियो ।
एमाओवादी क्षेत्र नं. ३ को घरदैलो तथा जनभेटघाट कार्यक्रम रिघामा सम्पन्न एकिकृत नेकपा माओवादी क्षेत्र नं. ३ को चुनावी अभियान अन्तर्गत आजै रिघा गा.वि.स.को वडा नं. ७ को मनेवामा घरदैलो तथा जनभेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रत्यक्ष उमेदबार तुलसी अर्यालले आफ्नो    उमेदबार क्षेत्र नं. ३ को समग्र विकास र सँविधानका लागि भएको भन्दै आफु बुतिर्वाङ क्षेत्रको मात्र उमेदबार नसम्झन आग्रह गर्नुभयो । आफु विजयी भए रिघा गा.वि.स. सहितको आसपासका सबै गा.वि.स.को समग्र विकासलाई पनि प्राथमीकतामा राख्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
कार्यक्रममा प्रमूख अतिथि अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य एवं एकिकृत माओवादीका क्षेत्र नं ३ वागलुङका इन्चार्ज राजिव घिमिरे, राज्य समिति सदस्य तथा निर्वाचन परिचालन कमिटिका सदस्य गँगा भुजेल लगाएतले बोल्नुभएको थियो । गाउँ कमिटिका ईन्चार्ज तथा जिल्ला कमिटि सदस्य नर बहादुर घर्तिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्ण बहादुर राकस्कोटीको स्वागत र नारायण घर्तिको सँचालन रहेको थियो । कार्यक्रममा नर बहादुर वि.क.को नेतृत्वमा १५ जना कँग्रेस र हिमाल घर्ति एमाले पार्टी परित्याग गरी एमाओवादीमा प्रवेश गरेको एमाओवादी क्षेत्र नं. ३ ले जनाएको छ । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग