Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाली काँग्रेस पौँदीअमराई गाउँ कार्य समितिको भेला सम्पन्न

Published on 4:41:00 PM //

कौरव खत्री
गुल्मी, कार्तिक १६ । नेपाली काँग्रेस पौँदीअमराई गाउँ कार्य समितिको भेला सम्पन्न भएको छ । नेपाली काँग्रेस पौँदीअमराई गाउँ कार्य समिति उपसभापति दान बहादुर के.सीको अध्यक्षता रहेको भेलाले आगमी सविंधान सभाको दोस्रो निर्वाचनमा काँग्रेसको जित सुनिश्चित गर्न भन्दै नेपाली काँग्रेस ईलाका नं १० का सयोंजक रामराज घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । उक्त भेलाले नेपाली काँग्रेस पौँदीअमराई गाउँ कार्य समिति सभापति हरिबहादुर थापाको सयोंजकत्वमा १ सय १ सदस्यीय चुनाव प्रचार प्रसार समितिको गठन गरेको छ ।
जसको उपसयोंजकमा दान बहादुर के.सी र डिलबहादुर थापा, सचिवमा स्यामन्त नेपाली र कोषाध्यक्षमा टिका धिताल लगायत अन्य सदस्यहरु रहनुभएको छ । साथै सोही भेलाले खड्क बहादुर बलामीको सयोंजकत्वमा ५१ सदस्यीय नेपाल तरुण दल चुनाव प्रचार प्रसार समितिको गठन पनि गरेको छ भने नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मीकी सदस्य सावित्रि श्रेष्ठको सयोंजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति र कल्पना घिमिरे सयोंजक रहने गरी २१ सदस्यीय नेपाल महिला सघं गाउँ कार्य समितिको समेत गठन गरेको छ ।
नेपाली काँग्रेस नेटा गाँउ कार्य समिति सभापति निम बहादुर के.सीको विशिष्ट आतिथ्यता रहेको भेलामा स्थानीय नेता कार्यकर्ता क्रियाशिल सदस्य तथा पार्टी प्रति आस्थावान व्यक्तित्व लगायत भातृसगंठनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।भेलाको सञ्चालन नेपाली काँग्रेस गाउँ कार्य समिति पौँदी अमराईका सल्लाहकार सदस्य चिरञ्जीवि थापाले गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग