Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तिहार सुरु भए सगैं बजारमा चहलपहल बढ्दो

Published on 4:44:00 PM //

कौरव खत्री
गुल्मी, कार्तिक १६ । हिन्दु धर्मालम्बीहरुको दोस्रो महान पर्व शुभ दिपावली सुरु भएसँगै वामी लगायत यस आसपासका बजारमा चहल पहल बढ्न थालेको छ ।
विशेषत: वामी लगायत यस क्षेत्रमा रहेका विभिन्न पसलहरुमा तिहारमा प्रयोग हुने विभिन्न सामाग्रीहरु सप्तरंगी टिका, माला, ओखर लगायत फलफुल तथा कपडाहरुको कारोबारमा वृद्धि हुन थालेको छ भने तिहारमा बनाईने विभिन्न परिकार मध्ये झिनियाँ रोटीको पनि व्यापारमा वृद्धि भएको स्थानीय व्यापारिहरुले बताएका छन् । वामी लगायत भुवाचिदी, मजुवा, रिडी, शान्तिपुर, खैरेनी, बागलुङको खर्बाङ, ग्वालीचौर, रिघा लगायतका स्थानीय बजारहरुमा तिहारको अवसरमा चहलपहल पनि निकै बढ्न थालेको छ । विशेषत तिहारको समयमा घर फर्किनेहरुको भीडभाडले गर्दा बजारमा चहलपहल बढेको स्थानीय व्यापारीहरुले बताएका छन् । उता बजारमा भित्रिएका विभिन्न मालाहरुले गर्दा परम्परागत रुपमा गाउँ घरमा मखमली र सयपत्रीको प्रयोग गरी बनाईने मालाको प्रयोग कम हुन थालेको छ ।भने आधुनिक प्रविधि सगैं आएका विभिन्न विद्युतिय सामाग्रीले गर्दा दियोको महत्व पनि घट्न थालेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग