Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मतदाता फकाउँदै निर्वाचन आयोगका कर्मचारी

Published on 1:38:00 PM //

संगिता कुवँर 
गुल्मी, कार्तिक २२ । मङ्सिर ४ गते हुने दोस्रो संविधानसभा चुनावका लागि मुलुक अहिले चुनावमय भएको छ । दलहरु आफ्ना चुनावी एजेण्डासहित भोट माग्दै मतदाताका घरघरमा पुगेका छन् । निर्वाचन आयोगका कर्मचारी पनि यसअघि पनि संविधान बनेन भन्दै निराश मतदातालाई फकाउँदै चुनावमा भोट हाल्ने प्रेरणा दिन र तरिका सिकाउन गाउँगाउँमा पुगेका छन् । मंसिर ४ मा हुने संविधानसभाको दोस्रो निर्वाचनमा नेताहरुले संविधान वनाउन नसकेपछि निराश भएका मतलातलाई उत्प्रेरित गर्न र सदर मत वढाउनको लागी यतिवेला निर्वाचन कार्यालयले गाउँगाउँमा कर्मचारी परिचालन गरेको छ । गुल्मीमा पनि जिल्ला विकास समिति मार्फतका सामाजिक परिचालक, शिक्षा कार्यालय मार्फत वाल शिक्षक, महिला स्वयम् सेविकाहरु मतदातालाई भोट हाल्नुपर्छ है भन्दै सिकाउन थालेको जिल्ला निर्वाचन अधिकारी डिल्लीराज वेल्वासेले बताउनुभयो । निर्वाचन शिक्षा कार्याकर्ताले मतदाताका घरघरमा पुगेर मतदान गर्ने तरिका, मत वदर हुने कारण, मतको सदुपयोगसहित मतदातालाई मतदानमा प्रेरित गर्ने विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । मतदाताको घरदैलोसम्म नै पुगेर विभिन्न चेतनामुलक कार्यक्रम सञ्चालन गर्दा मतदातामा राजनितिक दल प्रति बिश्वास नभएकोले मतदाता शिक्षा कार्यकर्ता प्रतीक्षा घर्तिले बताउनुभयो । निर्वाचन कार्यालयले गुल्मीमा ७९ जना सामाजिक परिचालक, महिला स्वयम सेविका र वाल शिक्षक गरी २०८ जनालाई परिचालन गरेको छ । मतदाता शिक्षा कार्यक्रम निरन्तर सञ्चालन हुने भएपनि मंसिर ४ को निर्वाचनलाई लक्षित गरी असोज दोस्रो सातावाट शुरु भएको छ । मतदाताले दिएका मत सदर भएन भने एकातर्फ मतखेर जाने अर्को तर्फ मतदाताको मतको उचित प्रतिनिधित्व हुन नसक्ने हुन्छ । तर, बदर मतलाई घटाउन आयोगको एकल प्रयासले सम्भव छैन । चुनावी अभियानमा भोट माग्दै घरदैलो पुगेका दलहरुले पनि मतदान गर्ने तरिकाबारे मतदातालाई सुसूचित गराउन आवश्यक छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग