Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो रह्यो गुल्मी सेवा समाज युएईको देउसी-भैलो (भिडियो सहित)

Published on 1:38:00 PM //

मान बहादुर कुँवर
युएई । गुल्मी सेवा समाज युएईले अनाथ अपांग नेत्र बिहिन बालबालिकाहरुको सहयोगार्थ नोवेम्बेर १ शुक्रबार को दिन दुबईको बर दुबई क्षेत्रबाट शुरु गरि युएईका विभिन्न क्षेत्रमा पेशा ब्यबसाय गर्दै रहनुभएका नेपाली दाजुभाईदिदीबहिनीहरुको घरदैलोमा पुगी पश्चिमेली, गुल्मेली लोक संस्कृती झल्कने किसिमका गीत नृत्य देखाएर देउसीभैलो कार्यकम सम्पन्न गरेको छ |
गोपाल कुँवरको संयोजकत्वमा बर दुबईको नेपाली रेस्टुरेन्टबाट सुरु गरिएको चरणबद्व देउसीभैलो कार्यक्रम संजय गर्मेंट्स ट्रेडिङ, सगरमाथा नेपाली रेस्टुरेन्ट,सिल्भर स्पुन रेस्टुरेन्ट हुदै विभिन्न पेशाका व्यक्ति ,संघ सस्था ,ब्यापारीहरुको घरदैलोमा पुगेको थियो | बिदेशमा रहेर पनि स्थानीय कलाकरहरु होमनाथ कुवर, श्रीजना भण्डारी, सावित्रा ज्ञवाली,सपना पाण्डेयको तिहार बिशेष प्रस्तुतिले स्वदेशको आभास गराएको थियो | साथमा नर बहादुर बस्नेतको मादलको धुन दिनेश कुमार माझीको आकाश छेड्ने बासुरीको स्वर,कृष्ण गौतमको खैजडी धुन सुन्दा नेपाली दाजुभाई दिदीबहिनीहरु संगै छिमेकि मुल भारत पाकिस्तान बंलादेश अन्य देशका दर्शकहरुले समेत बडो उत्साह साथ हेरिरहेका थिए |
देउसीभैलो कार्यक्रमकै सिलसिलमा नेपालकै ठुला उधोगपतिको निबासमा समेत पुगेको सो कार्यक्रममा बेलायेती एकजना ब्यापारीले नेपाली कला सस्कृतिक प्रति उत्साहित हुदै अनाथ अपांग तथा नेत्र बिहिनहरुको सहयोगार्थ आर्थिक सहयोग गरेका थिए | कार्यक्रम प्रमुख अथिति नेपाली जनसम्पर्क समित युएईका अध्क्षय श्री चित्र केसीले हाम्रो कला सास्कृति बिकाशको निम्ति समयानुकुल प्रबासमा यस्ता कार्यकम गर्नुपर्ने कुरामा जोडदिनु भएको थियो |
शुक्रबारदेखि शुरु गरिएको उक्त देउसीभैलो कार्यक्रम आइतबार को साझ महामयिम राजदुत श्री धनन्जय झाको निबासमा देउसीभैलो एबम पश्चिमेली, गुल्मेली लोक सस्किर्ती झल्कने गरि स्थानीय गुल्मेली लोकगायक चुमान काउछ मगरले गुल्मेली भाकाहरुमा मेरो माया छ भनि तेता ………छाई –छाई चुरा बजाउदै आउ यता ,लाहुरे दाई छुट्टीमा आको हासबोल मौकाले भेट भाको,यम लाल पराजुलीद्वारा डाँडैको देबी देउराली....., माया हो पात बजाउदै झरे है ओराली..... सीता के सी, राधा के सी, सुरज खत्री, नारायण सारुको नृत्यले केहि समयको लागि राजदुत निबास तताएको थियो |
महामयिम राजदुत श्री धनन्जय झा लगाएत राजदुताबास परिवार द्वारा पश्चिमेली गुल्मेली देउसीभैलो मनोरन्जनात्मक कार्यक्रमको प्रसंसा गर्नु भएको थियो | कार्यक्रम को अन्त्यमा गुल्मी सेवा समाज युएई का उपध्क्षय श्री कृष्ण गौतम द्वारा शुभ दिपावली २०७०को शुभकामना एबम गुल्मी सेवा समाज युएई का सम्पूर्ण पधादिकारीहरु, छिमेकि जिल्लाबाट हामीलाई सहयोग गर्ने मित्रहरुलाई बिशेष धन्यबाद दिदै आगामी दिनहरुमा पनि यस्तै यस्तै कार्यक्रम गर्ने आशा राख्दै सहयोगको अपिक्क्षा गर्नु भएको थियो | सो कार्यक्रम संचालन मदन बिस्टद्वारा गरिएको थियो |
भिडियो हेर्न तल क्लिक गर्नुहोला । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग