Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चीनमा अब विवाहित दम्पतीले एकभन्दा बढी सन्तान जन्माउन सक्ने

Published on 2:05:00 AM //

बेइजिङ, (एजेन्सी) चीनले एक सन्तान नीतिलाई खुकुलो गर्ने र श्रम सुधार शिविर हटाउन लागेको चीनको सरकारी सञ्चारमाध्यमले जनाएको छ। चीनमा अब विवाहित दम्पतीले एकभन्दा बढी सन्तान जन्माउन सक्ने सरकारी सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ। तर त्यसका लागि दुई जनामा एकजना आफ्ना मातापिताको एकमात्र सन्तान हुनुपर्ने व्यवस्था गरिएको छ।

ग्रामिण तथा जातीय अल्पसंख्यकहरूका लागि पहिलेदेखि नै एक सन्तान नीति लागु गरिएको छैन। त्यसै गरी चीनले कडा श्रमद्वारा शिक्षित गर्ने श्रम शिविरको विद्यमान व्यवस्था पनि अन्त्य गर्ने सिन्ह्वाले जनाएको छ। उक्त कदम मानव अधिकारको स्थितिमा सुधार गर्नका लागि उठाइएको सिन्ह्वाले जनाएको छ।

उक्त निर्णय हालै सम्पन्न भएको चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको तेस्रो प्लेनमपछि आएको हो। चीनका नेताहरूले यसअघि पनि उक्त व्यवस्था अन्त्य गर्ने कुरा उठाएका थिए। करिब पाँच दशक पहिला बनाइएका ती शिविरहरूमा हजारौंलाई ‘लाओजियाओ’ का रूपमा राख्ने गरिएको थियो। चिनियाँ भाषामा लाओजियाओको अर्थ श्रमको माध्यमबाट शिक्षित गर्नु हो। चीनमा सुरक्षा कर्मीलाई बिना कुनै आरोप नागरिकहरूलाई वर्षौसम्म श्रम शिविरमा थुन्न पाउने अधिकार दिएको छ। यी क्याम्पहरू हटाउने निर्णय चीनमा मानव अधिकार र न्यायीक व्यवस्थालाई राम्रो बनाउने प्रयासको हिस्सा भएको सिन्ह्वाले जनाएको छ।

गत वर्ष चुनिएका चीनका वर्तमान राष्ट्रपति सी जिनपिंगको नेतृत्वमा भएको कम्युनिस्ट पार्टीको तेस्रो प्लेनममा चीनमा नयाँ आर्थिक सुधार नीति लागु गर्ने निर्णय पनि लिएको छ। चीनमा कम्युनिस्ट पार्टिको तेस्रो प्लेनमपछि सुधारका कदम चाल्ने अनुमान गरिन्छ र यो नयाँ नेतृत्व चयन भएको एक वर्षपछि हुने गर्छ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग