Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा शान्ति पूर्ण रुपमा मतदान हुँदै, ९५ वर्षिय वृद्धा र किरिया पुत्रीले समेत मतदान गरे

Published on 12:09:00 PM //

जनार्दन घिमिरे
गुल्मी, ४ गुल्मी । संविधान सभा निर्वाचनमा आज विहानैदेखि गुल्मी जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भईरहेको छ । मतदाताहरु विहानै पाँच वजेदेखि मतदान गर्नका लागि लाईनमा वसिरहेका छन् । गुल्मीको सदरमुकाम तम्घास स्थित उपल्लो तम्घास मतदान केन्द्र अन्र्तगत ख केन्द्रवाट तम्घास ७ निवासी ९५ वर्षीय वृद्धा परशुराम पन्थीले मतदान गर्नु भएको थियो ।
मतदानको लागि किरियापुत्रीहरु समेत मतदान केन्द्रमा पुगि मतदान गरेका थिए । तम्घास ७ निवासी पुनकला पाण्डेय, घनश्याम पाण्डेय, र यादव पाण्डेले चार दिनका दिन किरिया वसेकै अवस्थामा मतदान केन्द्रमा पुगि विहान मतदान गरि पर्किएका थिए । मतदाताहरु उत्साहपूर्ण रुपमा मतदान केन्द्रमा आउने क्रम वढ्दो छ । जिल्लाका सम्पूर्ण मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भई रहेको जिल्ला प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले गुल्मीन्युजलाई वताउनु भएको छ ।




0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग