Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गाको गौशालामा गाई पुजा गरिँदै

Published on 9:49:00 AM //

पि.एम.मगर
गुल्मी, कार्तिक १६ । गौं पुजाको अवसमा गुल्मीको रेसुङ्गा स्थित गौशालामा रहेका गाईहरुलाई आज पुजा गरी नुन तथा दाना खुवाईदै छ । सदरमुकाम तम्घासको सिमाना स्थित गौशालामा रहेका गाईहरुलाई पुजा गर्न र नुन खुवाउनका लागि एक दिन अघि शनिबार सदरमुकाम क्षेत्रमा विहानैदेखि नुन, तेल, पिठो, अक्षता तथा घाँसहरु संकलन गरिएको थियो भने दक्षिणा पनि संकलन गरिएको छ ।
गाईहरुलाई नुन खुवाईँदै गर्दाको फाइल तस्बिर । तस्बिर: तारा भुषाल

रेसुङ्गा संरक्षण समितिको सक्रियतामा ती सामाग्रीहरु संकलन गरिएको हो । दक्षिणा स्वरुप झण्डै ३ हजार रुपैयाँ संकलन भएको समितिले जनाएको छ । गौशालामा रहेका गाईहरुलाई पुजा आजा गरी नुन खुवाएमा घरमा सधैभरि लक्ष्मीको बास हुने र रोग व्याधीहरु नलाग्ने धार्मिक मान्यता रहेको छ । गौशालाका गाईलाई पुजा गर्नका लागि सदरमुकाम वरपर लगायत अन्यत्र स्थानहरुवाट समेत मानिसहरु आउने गर्दछन् । गौशालामा विक्रम संवत २०४२ सालदेखि गाईहरुलाई जम्मा गरी नुन खुवाउने र गोबर्द्धन पुजा समेत गर्ने गरिन्छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग