Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माओवादीलाई चुनावी प्रक्रियाका संलग्न गराउन नसक्नु दुर्भाग्यपूर्ण ः नेता ज्ञवाली

Published on 12:42:00 PM //

जनार्दन घिमिरे
गुल्मी, १६ कात्तिक । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा गुल्मी क्षेत्र नं २ का प्रत्यक्षतर्फका उम्मेदवार प्रदीप ज्ञवालीले माओवादी लगायत ३३ दलहरुलाई चुनावी प्रक्रियाका संलग्न गराउन नसक्नु दुर्भाग्यपूर्ण भएको वताए । उनले सविधान निर्माण प्रक्रृयामा सवैको उपस्थिति अपरिहार्य भएको भन्दै नेता ज्ञवालीले कुनै न कुनै माध्यमवाट उनीहरुलाई संविधान निर्माणमा सहभागि वनाउनु पर्ने धारणा व्यक्त गरेका छन् ।
नेता ज्ञवालीले माओवादीहरुलाई चुनाव वहिष्कार गर्ने अधिकारसँगै मतहाल्न पाउने जनताको अधिकारलाई समेत सम्मान गर्न माओवादीलाई आग्रह गरेका छन् ।
जनतालाई तर्साउने, उम्मेदवार एवं सवारी साधनमाथि आक्रमण गर्ने जस्ता अतिवादी क्रियाकलाप गर्दै गएमा माओवादीको अस्तित्व समेत खतरामा पर्ने उनले तर्क गरे । चुनावी प्रचारप्रसारको क्रममा चुनावी सभालाई गुल्मीको दौंघामा सम्वोधन गर्दै नेता ज्ञवालीले उक्त कुरा व्यक्त गरेका हुन् । उनले विकास निर्माणमा जनताको चासो अत्यधिक वढेको भन्दै ज्ञवालीले आफु निर्वाचित वनेपछि एक हातले संविधान निर्माण र अर्को हातले विकास निर्माणलाई सँगसँगै लैजाने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग