Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुबईमा तिहारलाई विमलराज क्षेत्रीले तताए

Published on 6:02:00 AM //

लालबहादुर ढेंगा
दुबई । युएईस्थित कार्यरत नेपालीहरुले यसपालिको तिहारलाई गएको १ नोभेम्बर शुक्रबारका दिन दुबईको इम्पिरियल सुईट होटलमा चर्चित लोक गायक विमलराज क्षेत्री र स्थानीय ख्यातिप्राप्त कलाकारहरुको विविध प्रस्तुतिमा रंगारंग सांस्कृतिक कार्यक्रमका साथ सांगीतिक माहौलमा मनाएका छन् । सो कार्यक्रम पर्वत सेवा समाज युएईले तिहारको अवसरमा आयोजना गरेको हो । उक्त कार्यक्रमको प्रमुख अतिथिमा पर्वत सेवा समाज युएईका वरिष्ठ सल्लाहकार बालकृष्ण अधिकारी रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता पर्वत सेवा समाज युएईका अध्यक्ष मणिप्रसाद भुर्तेलले गर्नुभएको थियो । त्यसैगरी बिशेष अतिथिमा नेपालबाट आउनु भएको चर्चित लोक गायक विमलराज क्षेत्री, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यावसायी र पत्रकारहरु रहेका थिए ।

प्रमुख अतिथि बालकृष्ण अधिकारी, अध्यक्ष मणिप्रसाद भुर्तेल र कार्यक्रम संयोजक पशुराम पौडेलको संयुक्त दीप प्रज्योजलनबाट थालनी गरिएको कार्यक्रममा पर्वत सेवा समाज युएईका दुबई क्षेत्रीय उपाध्यक्ष कमल लामिछानेले पर्वत जिल्लाका बारेमा प्रकाश पार्दै आफ्नो कार्यप्रतिवेदन सुनाएका थिए । दुई चरणमा विभाजित गरिएको कार्यक्रमलाई पहिलो चरणको अनौअपचारिक कार्यक्रम पुरुषोत्तम सुवेदीले संचालन गरेका थिए भने दोस्रो चरणको सांस्कृतिक कार्यक्रमलाई युएईमा चर्चित मोडल आशिष पुरुष र शाङ भुटियाले संयुक्त रुपमा संचालन गरेका थिए ।
देउसी भैलोबाट सुरुवात गरिएको सांगीतिक कार्यक्रममा “मैले छुदा छोइछ भने त” ज्ञानु आचार्यले गाएको गीत र “मैले माया लाए के बिराए” दीपक गुरुङको नृत्यले हललाई हल्का रुपमा तताउन सुरु गरेको थियो । गायक छविकिरन भट्टराईले गाएको गीत “कहां गयौ तिमी” र “जम्का भेट भयो हाम्रो बजारमा”, दिनेश बालामीको गीत “मलाई प्यारो लाग्छ मेरो देश नेपाल” निकै मार्मिक लाग्दथ्यो । त्यसैगरी “फुलहरु फुलिरहन्छ” गीतमा शितल शान्ति र अनुराग थपलियाको युगल जोडी नृत्यले युगल प्रेमीहरुको धड्कनलाई धड्काएको थियो ।
चर्चित गायक तथा अतिथि कलाकार विमलराज क्षेत्री जब स्टेजमा प्रवेश भयो सिटी र तालीबाट स्वागत गरिएको थियो । आफ्नो गाउंको कथा सुनाउदै सारंगीको धुनमा “पर्वत मेरो जन्मिएको ठाउं, प्राणभन्दा प्यारो लाग्छनी जन्मिएको गाउं” गाएको गीतले पर्वतेवासीहरुलाई एकछिनको लागि साचिकै पर्वतको गाउंमा पु¥याउन सफल भएको थियो । आफ्नै चर्चित एल्वमका गीतहरु “बल्लै भेट भो”, “जहां गएनी आउछौ बाटोमा”, “हासेनी बोलेनी”, “यो मन तेतै छ” “मधु बनैमा”, “सुपारी चाम्रो छ”, “पानी मिठो मुलको” र पंचे बाजाका गीतले दर्शकहरुलाई नचाउन समेत भ्याएका थिए । स्थानीय कलाकार गोपी किशनले गाएको गीत “हावा चल्यो सरर..”, प्रशान्त ताजपुरियाको गीत “किन गा¥हो गा¥हो भो”, सवाकी कार्कीको ही पप गीत, “डाफे झै नाच्ने” गीतमा शितल शान्तिको एकल नृत्य, अभिषेक पुरीको नृत्य पनि सान्दर्भिक लाग्थ्यो ।
कार्यक्रमलाई सहज र पार्दशी बनाउनका लागि सोही समाजका केन्द्रीय उपाध्यक्ष राजेन्द्र अधिकारी, कार्यक्रम संयोजक पशुराम पौडेल र अध्यक्ष मणिप्रसाद भुर्तेलको अहम भूमिका रहेको थियो । सो अवसरमा दर्शकहरुलाई मनोरञ्जनात्मक तथा आफ्नो योगदान दिने कलाकारहरुलाई सम्मानपत्र समेत वितरण गरिएको थियो ।





भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग