Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नवलपरासीमा नेकपा एमाले र नेपाली कांग्रेसको ३-३ सिट, मधेशी दल शुन्य

Published on 7:46:00 PM //

कृष्ण बिसी
नवलपरासी, मसिंर ८ । नेपाली काग्रेस र नेकपा एमालेले नवलपरासीबाट तिन तिन सिट जितेका छन । आज सम्पन्न प्रत्यक्ष तर्फको मतगणनामा नेपाली काग्रेसले क्षेत्र न १, क्षेत्र न ५ र क्षेत्र न ६ मा बिजयी हासिल गरेको छ भने नेकपा एमालेले क्षेत्र न २, क्षेत्र न ३ र क्षेत्र न ४ मा जित दर्ता गरेको छ । नेपाली काग्रेस क्षेत्र न १ का उम्मेदवार शशांक कोईरालले ६ हजार १ सय ८ मतको अन्तरले नेकपा एमालेका दिपक अधिकरीलाई पराजित गर्नुभएको छ । कोईरालाले १८ हजार २ सय २८ र अधिकारीले १२ हजार १ सय २० मत प्राप्तगर्नुभएको थियो । त्यस्तै क्षेत्र न २ मा नेकपा एमालेका जिवन श्रेष्ठले २ हजार ७ सय ६३ मतको अन्तरले नेपाली काग्रेसका महेन्द«ध्वज जिसी पराजीत हुनभएको छ ।
श्रेष्ठले १६ हजार १ सय २१ मत प्राप्त गर्नुभएको छ भने जिसीले १३ हजार ३ सय ५८ मत प्राप्त गर्नुभएको थियो । निर्वाचन क्षेत्र न ३ मा नेकपा एमालेका कृष्ण पौडेलले ३ सय २५ को झिनो मतअन्तरले नेपाली काग्रेसका कृष्णचन्द्र नेपाली पराजीत हुनुभएको छ । पौडेलले १४ हजार ८ सय ४ मत प्राप्त गर्नुभएको थियो भने नेपालीले १४ हजार ४ सय ७९ मत ल्याउनुभएको थियो । मतगणनाको क्रममा पौडेल र नेपाली बिच कडा प्रतिस्पर्धा भएको थियो । क्षेत्र न ४ मा नेकपा एमालेको बैजनाथ चौधरी ३ हजार २ सय मत अन्तरले नेपाली काग्रेसका देबेन्द«राज कडेल पराजीत हुनुभएको छ । चौधरीले १० हजार ७ सय ५० मतल्याउनुभयो भने कडेलले ७ हजार ५ सय ५० मत प्राप्त गर्नुभएको छ । सो क्षेत्रमा स्वतन्त्र उम्मेदवार गुणनिधी तिवारी नेपाली काग्रेसका कडेलबिरुद्ध बागी उम्मेदवारहुनुहुन्थ्यो । त्यस्तै निर्वाचन क्षेत्र न ५ मा नेपाली काग्रेसका बिक्रम खनाल १ हजार ७ सय ८१ मतको अन्तरमा नेकपा एमालेका दिपेन्द« कुमार अधिकारी पराजीत हुनभएको छ । खनालले ९ हजार २ सय ४ र अधिकारीले ७ हजार २३ प्राप्त गर्नुभएको थियो ।क्षेत्र न ६ मा नेपाली कागे्रसका देवकरण कलवारले  ६ हजार १ सय ५६ मतको अन्तरले तमलोपाका हृदेयश त्रिपाठी पराजीत हुनुभएको छ ।
कलवारले १४ हजार ५ सय ८० मत र त्रिपाठीले ८ हजार ४ सय २४ मत ल्याउनुभएको थियो । बिगतमा २ सिट जितेको एकिकृत माओवादीले अहिलेको यो निर्वाचनमा कुनै पनि सिट प्राप्त गर्न सकेन भने नेपाली काग्रेस र नेकपा एमालेले आधा आधा निर्वाचन क्षेत्रमा बिजयी भएका छन । बिजयी भएसगै बिजयी राजनैतिकदलले बिजयी जुलुस निकालेका छन भने अहिले पनि बिजयी जुलुसको तैयारी भईरहेको बताइएको छ । प्रत्यक्ष तर्फको मतगणाना सकिए सगै अव सामानुपातीक तर्फको मतगणाना भोलीबाट सुरु हुने निर्वाचन कार्यलय नवलपरासीले जनाएको छ ।यसैबिच देशैभर मतगणनाको क्रम चलिरहदा पछिल्लो जानकारी अनुसार नेपाली काग्रेसले अहिले सम्म ९२ सिट हात पारेको छ भने नेकपा एमालेले ८० सिट जितिसकेको छ भने एकिकतृ माओवादी २३ सिटमा जित हात पारेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग