Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

काँग्रेसले सदरमुकाममा बृहत विजयी र्‍याली गर्यो (फोटो फिचर सहित)

Published on 11:04:00 PM //

पि.एम.मगर
गुल्मी, मंसिर ७ गते । करिब दुई दशकको अबधिपछि नेपाली काँग्रेसले गुल्मी जिल्लाका दुई स्थानमा कव्जा जमाउन सफल भएको छ । संविधान सभा निर्वाचन २०७० को जिल्लाको विजयी परिणाम सार्वजनिक भएपछि उसले आज सदरमुकाम तमघासमा विजयी ¥याली सम्पन्न गरेको छ ।
विजयी ¥यालीमा क्षेत्र नं. १ र २ का नवनिर्वाचित संविधानसभाका सभाषदहरु, नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको उल्लेख्य सहभागिता रहेको थियो । नेपाली काँग्रेसले आज सदरमुकामका विभिन्न स्थानमा ¥याली सम्पन्न गरेको हो । ¥यालीपछि विजयी सभालाई सम्बोधन गर्दै काँग्रेस क्षेत्र नं. १ का नवनिर्वाचित सभाषद प्रंध्यापक डा. कृष्ण बहादुर छन्त्याल मगरले संविधानसभामा नेपाली काँग्रेसले लोकतान्त्रिक संविधान निर्माणमा चाल्ने हरेक गतिविधीमा सधै समर्पित भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै उहाँले संविधान निर्माण संगसंगै जनताको आवश्यकतालाई पनि उत्तिकै ध्यानमा राखेर काम गर्ने बताउनुभयो ।
सभालाई सम्बोधन गर्दै गुल्मी क्षेत्र नं. २ का नवनिर्वाचित सभाषद चन्द्र भण्डारीले जनताको मत लिने तर जनताको काम नगर्ने प्रबृतिले पराजय गराउने रहेछ भन्ने कुरा कहिल्यै बिर्सनु नहुने कुरालाई कहिल्यै भुल्न नहुने बताउनुभयो । उहाँले गल्ती ग¥यो भने राष्ट्र बिखण्डन हुने, हिँसामा फस्ने बताउनुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका नवनिर्वाचित सभाषद भण्डारीले एकीकृत नेकपा माओवादीतर्फ केन्द्रीत गर्दै संविधान निर्माणमा ससाना कुरामा अल्झिन नहुने, हार र जितको कुरामा अल्झिन नहुने कुरामा जोड दिनुभयो । उहाँले प्रतिफल स्वीकार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बहिष्कार होईन राज्यको संरचना तथा संविधान निर्माणमा सहभागी हुन एकीकृत माओवादीलाई आग्रह समेत गर्नुभयो । सभामा नेपाली काँग्रेसका पुर्व संसद भागवत ज्ञवाली, नेपाली काँग्रेसका जिल्ला सभापति चन्द्र के.सी.ले पनि संबोधन गनुभएको थियो भने सञ्चालन जिल्ला सचिव विष्णु बलालले गर्नुभएको थियो । विजय ¥यालीमा कार्यकर्ताहरुले नाराबाजी गर्नुका साथै अबिर जात्रा समेत गरेका थिए ।

हेरौ गुल्मीबाट घनश्याम पौडेलले खिच्नुभएका केही तस्बिरहरु:









0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग