Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाओवादी उम्मेदवारहरुले दिए मतदातालाई धन्यवाद

Published on 7:56:00 PM //

गुल्मी ८ मंसिर । संविधान सभा निर्वाचनमा गुल्मी जिल्लाबाट उम्मेदवार बनेका एकीकृत नेकपा माओवादी गुल्मीका तीनै जना उम्मेदवारहरुले मतदाताप्रति आभार प्रकट गरेका छन् । निर्वाचनको परीणाम आफ्नो पक्षमा नपरेपनि एमाओवादी उम्मेदवारहरुले छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर एकीकृत नेकपा माओवादीलाई मतदाता गर्ने मतदाता प्रति आभार व्यक्त गरेका हुन् ।
गुल्मी क्षेत्र नं १ का उम्मेदवार सुदर्शन बराल, २ का अशोक थापा र ३ का उम्मेदवार बामदेव क्षेत्रीले निर्वाचनको बेला खट्ने कार्यकर्ता, कलाकार, पत्रकार लगायत समर्थक, शुभचिन्तकलाई धन्यवाद दिनुभएको छ । उहाँहरुले राज्य संयन्त्रमा आमूल परिवर्तन गरी तिव्र आर्थिक विकासका लागि जनताका अधिकार स्थापित गर्न एकीकृत नेकपा माओवादीले आवाज उठाएर अन्य राजनैतिक दलले समेत समर्थन गरेको ऐतिहासिक संविधान सभाको निर्वाचनमा उत्साहपूर्ण सहभागिताका लागि कृतज्ञता प्रकट गर्नुभएको छ ।
पार्टिका केन्द्रिय सदस्य समेत रहेका गुल्मी क्षेत्र नं ३ का उम्मेदवार बामदेव क्षेत्रीले निर्वाचनको परीणाम अनपेक्षित आएपनि आफू गुल्मेली जनतासंगै रहेको र जनताको सुखदु:ख र विकासमा सँधै साथ दिने बताउनुभएको छ । क्षेत्रीले आफूले व्यक्त गरेका प्रतिवद्धताहरु पुरा गर्ने र जनताका पीरमर्का तथा समस्या समाधान गर्ने बताउनुभयो । एउटा चुनावी परिणामबाट विचलित नभई लक्ष्य प्राप्तिका लागि अघि बढ्न उहाँले जनतालाई हार्दिक अपिल समेत गर्नुभएको यस्तै पार्टि जिल्ला संयोजक समेत रहेका क्षेत्र नं १ का उम्मेदवार सुदर्शन बरालले सँधै जनताका माझ रहने प्रतिवद्धता व्यक्त गर्दै निर्वाचनपछि लामो समयसम्म मत पेटिका सदरमुकाम नल्याएर विच बाटोमै षड्यन्त्र गरीएको भए तुरुन्त छानविन गर्न माग समेत गर्नुभएको छ ।
२ नं क्षेत्रीय संयोजक तथा उम्मेदवार अशोक थापाले आफू पराजीत भएपनि जनताको सेवा र विकासमा लागिरहने बताउनुभएको छ । उहाँले चुनावको बेला आफ्नोतर्फबाट भएका कमजोरी समिक्षा गरी कार्वाही भोग्न तयार हुने र प्रतिकृयावादीले गरेका सबै षड्यन्त्रको छानविन गरी कार्वाही गर्न पनि तत्पर रहने बताउनुभएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग