Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्ला निर्वाचन कार्यालय बाग्लुङ र गुल्मीको निर्वाचन सामग्री आईपुगे

Published on 9:16:00 PM //

रेडीयो सारथी
खर्वाङ । जिल्ला निर्वाचन बाग्लुङमा निर्वाचन प्रयोजनका लागि आवश्यक सबै सामग्री आईपुगेका छन । मतदाता परिचय पत्र बाहेक मतपत्र, मतपेटीका, लगाएतका ७२ किसीमका सामग्री आईपुगेको निर्वाचन अधिकारी टोलराज उपाध्यायले रेडीयो सारथीलाई जानकारी दिनुभयो । अहिले जिल्ला सदरमुकाम रहेका ति सबै सामग्रीहरुलाई शुरक्षा निकायको सहयोगमा २५ गतेपछि १ गतेसम्म सम्बन्धीत मतदान केन्द्रमा पु¥याउने योजना सहित काम भैरहेको समेत उपाध्यायले बताउनुभयो ।
यस्तै जिल्ला निर्वाचन अधिकृतका कार्यालयले पनि मँशीर ४ गतेको निर्वाचनका लागि आवश्यक पर्ने मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित करिव १२ सय कर्मचारीको छनौट गरेको बताएको छ । जसमध्ये ३०० जना शिक्षक र अन्य कर्मचारी रहेको बताइएको छ । यसरी छनौट गरिएका कर्मचारीहरुको लागि आवश्यक तालिम पनि चलिरहेको छ । तालिम पर्सी सकिने कार्यालयले   गुल्मीन्युज डट कमलाई बताएको छ ।
यस्तै जिल्ला निर्वाचन कार्यालय गुल्मीमा पनि मंसिर ४ को निर्वाचनका लागि आवश्यक सामग्री आईपुगेका छन । अहिले जिल्ला सदरमुकाम रहेका ति सबै सामग्रीहरुलाई सुरक्षा निकायको सहयोगमा २७ गतेदेखी सम्बन्धीत मतदान केन्द्रमा पु¥याउने काम सुरु हुने जिल्ला निर्वाचन अधिकारी गोपीलाल कँडेलले गुल्मीन्युजलाई बताउनुभयो । जिल्ला भरीको निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक पर्ने करिव १४५० जना कर्मचारीको छनौट सकिएको र भोलीदेखी २ दिने तालिम शुरु हुने कँडेलले बताउनुभयो । छनौट गरिएका कर्मचारी मध्ये करिव आधा जसो नि.मा.वि. प्रथम र मा.वि. तृतिय श्रेणीका शिक्षक रहेको पनि उहाँले बताउनुभयो । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग