Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हारे पनि निरास नहुनुस्: प्रदीप ज्ञवाली

Published on 6:37:00 AM //

धुर्कोट (गुल्मी), ७ मङ्सिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीसँग पराजित भएपछि एमाले पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले कार्यकर्तालाई निरास नहुन आग्रह गर्दै सान्त्वना दिनुभएको छ । उहाँले फेरि विजय सुनिश्चित हुने भन्दै मतदाता र कार्यकर्तालाई धन्यवादसमेत प्रकट गर्नुभएको छ ।
गएराति निर्वाचनको मत परिणाम सार्वजनिक भएपछि ज्ञवालीले आज बिहान आफ्नो फेसबुकमार्फत “यो यात्रा हो जुन निरन्तर जारी रहने छ” ज्ञवालीले भन्नुभएको छ– “निरास नबनाँै, एकछिन डाँडापारी लुकेको सूर्य फेरि उदाउने छ ।”
ज्ञवालीले पराजयको कारण कोही नभएर आफैँमा कमजोरी भएको हुनसक्ने समेत बताउनुभएको छ । “यो प्रतिकुल परिणामको सम्पूर्ण जवाफदेही म लिन्छु, सायद उम्मेदवारको रुपमा ममा नै कमी थिए कि ?” – ज्ञवालीको भनाइ छ । ज्ञवालीले गुल्मीको विकास र गुल्मीवासीको दुःखसुखमा आफ्नो उपस्थिति सदैव रहने समेत बताउँदै आशिष दिने बुबाआमा, ससाना नानीहरु, ज्यान हत्केलामा राखेर खट्ने युथफोर्सका कार्यकर्ता र सम्पूर्ण प्रवासीलाई समेत धन्यवाद दिनुभएको छ ।
राति अबेर सम्पन्न मतगणना परिणामअनुसार क्षेत्र नं २ मा नेपाली काँग्रेसका चन्द्र भण्डारी विजयी हुनुभएको छ । उहाँले दुई हजार ५७३ मत अन्तरले नेकपा (एमाले)का प्रदीप ज्ञवालीलाई पराजित गर्नुभएको हो । निर्वाचन कार्यालयका अनुसार भण्डारीको २१ हजार १८७ मत आएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रदीप ज्ञवालीको १८ हजार ६१४ मत आएको छ ।
तेस्रो हुने एकीकृत नेकपा (माओवादी)का अशोक थापाले भने चार हजार ५१८ मत मात्रै प्राप्त गर्नुभएको छ । यसअघि एमालेका ज्ञवालीले जितेको सो क्षेत्रमा ६० हजार ३८४ मतदातामध्ये ४७ हजार ८३ जनताले मत खसालेका थिए । रासस 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग