Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा कांग्रेस सभापति केसीको सरहना

Published on 3:17:00 PM //

 प्रेम सुनार
गुल्मी, मंसिर ९ । झण्डै २२ वर्षपछि पार्टीलाई पुरानै स्थानमा ल्याई पुराउनमा नेपाली कांग्रेस गुल्मीका सभापति चन्द्र केसीको कार्य कुशलता पनि एक भएको भन्दै पे्रश युनियन गुल्मीले उनको सह्रना गरेको छ । प्रेश युनियन गुल्मीले आज सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनको यस्तो सह्रना गरिएको हो ।
युनियनका अध्यक्ष हरिकुमार श्रेष्ठले भने –‘चन्द्र दाईको सभापति कार्यकालमा झण्डै २२ वर्षपछि जिल्लाका दुई वटा क्षेत्र काग्रेसले जित्नु सफल हुनु उहाँको कार्य कुशलता पनि एक हो ।’ विगतमा जिल्ला विकास समितिको सभापति रहँदाको कार्यकालमा पनि के.सीले पार्टीको उचाई माथी पुराएको भन्दै श्रेष्ठले भने–‘उहाँलाई पार्टीको केन्द्रिय समितिले अवस्य मुल्यांङ्गन गर्ने छ र समानुपातिक सभाषद बनाउने छ भन्ने कुरामा हामी विश्वास्त छौं ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतमले पनि सभापति केसी जस्तो कुशल राजनितिज्ञ र बैद्धिक ब्याक्तित्व संविधान सभामा पुग्न आवस्यक भएको भन्दै उहाँलाई केन्द्रिय समितिले सभाषद बनाउने छ भन्ने कुरामा आशावादी रहेको बताए । सभापति केसीले भने कांग्रेसको यो जितको श्रेय सम्पुर्ण पार्टी पंक्तिलाई जाने बताए ।  उनले जित हार स्वभाविक भए पनि क्षेत्र नम्वर ३ मा तिन प्रमुख दल कांग्रेस, एमाले र एमाओवादीमा देखिएको मतको अन्तर अप्रत्यासित भएकोले आसंका उत्पन्न भएको बताए । । ‘ मतमा जुन अन्तर देखिएको छ त्यो अपत्यारिलो छ ’ उनले भने –‘ यसको समिक्षा काग्रेस र एमाओवादीले पनि गम्भीर ढंगले गर्न जरुरी छ ।’ उनले यो निर्वाचनमा आफ्नो पार्टीलाईमत दिने सम्पुर्ण मतदाता, शुभेच्छुक र पार्टीका सम्पुर्ण कार्यकर्ताहरुलाई जिल्ला पार्टीको तर्फबाट धन्यवाद दिएका छन् ।  उनले वैद्य माओवादी र एमाओवादी लगायतका दलहरुलाई पाखा लगाएर संविधान बन्न नसक्ने भएकोले सरकारमा समेत सवैलाई सहभागि बनानु पर्ने धारणा राखे । एक वर्ष भित्रमा संविधान घोषण गरे लगत्तै देश स्थानिय निर्वाचनमा जाने उनको भनाई थियो । उनले समानुपातिक उमेदवारको आफु बन्द सुचिमा परेको र पार्टीले आफ्नो ४० वर्षे राजनिती जिवन र बौद्धिक ब्याक्तित्वलाई मुल्यांङ्गन गरी सभाषद बनाउने कुरामा आशावादी रहेको बताए ।
उनले आफुले आफैको सिफारिस गर्नु भन्दा पनि कार्यकर्ता र विशेषतः जिल्लाका पत्रकारहरुले मुल्याङ्गन गरी त्यो तहमा पुराउन सहयोग गर्न आग्राह गरे । २०४८ साल सम्म तिन वटै क्षेत्र जितेको कांग्रेस २०५१ पछिका सवै चुनावमा जिल्लाका तिन वटै क्षेत्र गुमाउँदै आएको थियो । विगतका कतिपय चुनावमा कांग्रेस आफ्नै गुट उपगुटका कारणले पनि हारेको टिप्पणी गरिन्थ्यो तर केसीको यो कार्यकालमा कांग्रेस एक ढिक्का भएर लाग्नु पनि जितको प्रमुख कारण भएको विश्लेषण गर्न थालिएको छ ।
कार्यक्रममा महासमिति सदस्य महेन्द्र भण्डारी, जिल्ला पार्टी सचिव विष्णु वलाल, सह–सचिव हरि के.सी, ३ नम्वर क्षेत्रिस सभापति दामोदर भुसाल, प्रेश युनियनका केन्द्रिय सदस्य जनार्दन घिमिरे लगायतको सहभागिता थियो । युनियन अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव पिएम मगरको सञ्चालन रहेको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग