Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘हारें भने म गुल्मी फर्किन्न, जितेँ भने गुल्मेली जनतालाई फास्ट ट्र्याक उपहार दिन्छु’: भण्डारी (अडियो कुराकानी)

Published on 5:36:00 PM //

गुल्मी । २०४८ सालको चुनावमा गुल्मीका तिनै वटै क्षेत्र जितेको नेपाली कांग्रेस २०५१ को चुनाव पछि लत्रिदै गयो र २०६४ को चुनावमा त उसले तिन वटै क्षेत्रबाट पराजय भोग्नु प¥यो । अन्य दुई क्षेत्रमा भारी मतले हारे पनि क्षेत्र नम्वर २ मा गत संविधान सभा चुनावमा २ हजार करिव मतले नेकपा एमालेका प्रदिपकुमार ज्ञवालीवाट आफ्ना उमेदवार चन्द्र भण्डारीले हार्दा कांग्रेसले ठुलो धक्का महशुस गरेको थियो । अहिले पनि उनै दुई जना र अर्का नयाँ चेहरा एमाओवादीका उमेदवार अशोक थापा मैदानमा छन् ।
अझै पनि २ नम्वर क्षेत्रलाई आफ्नो गढ ठान्ने कांग्रेस यसपालीको चुनावमा भने एमाले नेता ज्ञवाली र एमाओवादी नेता थापालाई हराएरै छाड्ने दाविका साथ आफ्ना उमेदवार चन्द्र भण्डारीलाई चुनावी मैदानमा कुदाएको छ । अतः उनले जित्ने आधार के त ? के छ उनका चुनावी एजेण्डाहरु ? पहिला उनले किन हारे? के दिए चन्द्र भन्डारीले गुल्मेली जनतालाई? वा किन दिन सकेनन् ? कस्ता छन उनलाई लाग्ने गरेका आरोपहरु? यस सवालमा उनै कांग्रेस उमदवार चन्द्र भण्डारीसंग गुल्मीन्युज सहकर्मी प्रेम सुनारले कुराकानी गर्नु भएको थियो, सुनौ:
मोबाईलबाट सुन्न तल क्लिक गर्नुहोला ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग