Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बागलुङको दर्लिङमा शिक्षक विदाई

Published on 10:41:00 PM //

कविता घर्तीमगर
बागलुङ, मंसिर १४ । बागलुङको दर्लिङ गाउँ विकास समिती वडा नं. ४ खहरे स्थित शिद्ध माध्यमिक विद्यालयमा आज शिक्षक विदाई कार्यक्रम सम्पन्न भएको छ ।
विगत ३० वर्ष देखि अध्ययपन गराई आउनुभएका केर बहादुर बुढाथोकी र २८ बर्ष देखि अध्ययपन गराउँदै आउनुभएको टंक प्रसाद आचर्यको शैक्षिक अवकास समाप्त भएपछि आज उहाँ दुवै जनालाई एक कार्यक्रमका विच विदाई गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक रुद्र प्रसाद आचार्यको अध्यक्षता तथा विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष बल बहादुर छन्त्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षक केरसिं छन्त्याल, लेखनाथ आचार्य रेडियो परिवर्तनका स्टेशन म्यानेर राम सुवेदी, पुर्व विद्यार्थी जयराम सुवेदी लगाएतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
साथै कार्यक्रममा बोल्दै वक्ताले बिदाई भएर जाने शिक्षकहरुको योगदानको कदर गर्दै भावी पुस्ताले पनि भविश्यमा यसरीनै योगदान पुयाउनुपर्ने बताएका थिए भने प्रमुख अतिथी छन्त्यालले विदाई भएर जाने शिक्षकहरु प्रति आभार प्रकट गर्दै सफलजिवनका शुभकामना दिनुभएको थियो ।
उक्त अवसरमा बिदाई मन्तब्य बोल्दै आचार्य र बुढाथोकीले आफुले विद्यालयमा अध्यापन गराउँदै आउँदा कतिपय कमि कम्जोरी हुन सक्ने र त्यसमा क्षमा माग्दै सकरात्मक पक्षको खण्डीकार गर्दै आगामी दिनमा अगाढी बढ्न अविभावक तथा विद्यार्थी लगाएत सवैलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रम शिक्षक पुरुषत्तम चालिसेको स्वागत तथा नारायण खरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग