एमाओवादीले समानुपातिक सभासदको नाम सिफारिस नगर्ने
Published on
8:15:00 PM //
काठमाडौं, मंसिर १५ । आफ्ना शर्त पुरा नभएसम्म एकीकृत नेकपा माओवादीले समानुपातिक तर्फका सभासद् सिफारिस नगर्ने भएको छ ।
निर्वाचन आयोगले आइतबार सम्ममा दलहरुसँग समानुपातिकतर्फ सभासद बन्ने उम्मेदवारको नाम माग्ने तयारी गरिरहँदा एकीकृत माओवादीको यस्तो प्रतिक्रिया आएको हो ।
पार्टी कार्यालय कोटेश्वरमा नियमित पत्रकार भेटघाटका एकीकृत माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले समानुपातिकतर्फको नाम सिफारिस नगर्ने र प्रत्यक्षतर्फ जितेको प्रमाण पत्र पनि नबुझ्ने बताए।
तर केही विजयी उम्मेद्वारले भने यसअघि नै जितेको प्रमाण पत्र लिइसकेका छन् । उनले चुनाव आफ्नो पार्टीले जितेपनि चुनावमा संस्थागत र संरचनागत रुपमै धाँधली गरेर हराएको आरोप लगाए ।
एकिकृत माओवादीले उच्चस्तरीय स्वतन्त्र आयोग गठन गरेर छानबिन गर्नुपर्ने र संविधान संशोधन गरी सहमतीय प्रणालीमा जानुपर्ने माग गर्दै आएको छ ।
निर्वाचन आयोगले आइतबार सम्ममा दलहरुसँग समानुपातिकतर्फ सभासद बन्ने उम्मेदवारको नाम माग्ने तयारी गरिरहँदा एकीकृत माओवादीको यस्तो प्रतिक्रिया आएको हो ।पार्टी कार्यालय कोटेश्वरमा नियमित पत्रकार भेटघाटका एकीकृत माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले समानुपातिकतर्फको नाम सिफारिस नगर्ने र प्रत्यक्षतर्फ जितेको प्रमाण पत्र पनि नबुझ्ने बताए।

0 प्रतिकृयाहरु