Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मनकामना जाँदै गरेको बस पल्टिँदा २ को मृत्यु, ४४ घाइते (भिडियो सहित)

Published on 11:17:00 PM //

कृष्ण बिसी
नवलपरासी, मंसिर १४ । नवलपरासीको तम्सारीयामा आज बिहान मनकामना दर्शनका लागी हिँडेको बस पल्टिदा २ जना बालबालिकाको ज्यान गएको छ ।
नेपालगञ्जबाट गोरखाको मनकामना दर्शनका लागी हिडेको ना ४ ख ६३६८ नवरको बस आज बिहान साढे २ बजे तम्सरीया ४ मा आफै अनियन्त्रीत भई पल्टिदा बर्ष ३ का हिमांशु अधिकारी, बर्ष १४ का सागर पुनको घटनास्थानलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ४४ जना घाईते भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घाईते मध्धे १२ जनाको अवस्था गभिर रहेकाले थप उपचारका लागी पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ । अन्य घाईतेको कालिगण्डकी अस्पताल कावासोती र मध्यबिन्दु अस्पताल डण्डामा उपचार भईरहेको छ । घटना पछी चालक फरार भएका र खोजी कार्य चलिरहेको प्रहरीले जनाएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग