Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

श्रेष्ठद्धयले स्थापना गरे अक्षयकोष

Published on 12:26:00 AM //

प्रेम सुनार
कार्तिक १८, गुल्मी । १ सय ३४ औं नेपाल संवतको अवसरमा सदरमुकाम तम्घासका नेवार समुदायका दुई जना अगुवाहरुले त्यस समुदायको संष्कृत संरक्षण र असायहरुको उपकारका लागि आज एक अक्षय कोषको स्थापना गरेका छन् ।  गुल्मीमा परम्परागत पेशा ब्यापार भन्दा माथी उठेर नेवार समुदायलाई राजनितीमा प्रेरित गर्ने तम्घासका पुर्व प्रधान पञ्च नरप्रसाद श्रेष्ठ र राजकुमार श्रेष्ठले ५० हजार रुपैयाँ भन्दा बढिको अक्षय कोष स्थापना गरेका हुन् ।
नरप्रसादले ५१ हजार रुपैयाँको भिमसेन मन्दिर पुजा संचालन अक्षय कोष स्थापना गरेका हुन भने राजकुमारले पिता गणेश प्रसाद श्रेष्ठ र माता मानकुमारी श्रेष्ठको स्मृतिमा दुखी, गरिव अपाङ्ग र असाहयहरुको उपकारका लागि ५० हजार १ सय रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् । उनिहरु दुवै जना र जेष्ठ सदस्य खिम नारायण श्रेष्ठलाई नेवा खलः गुल्मीले दोसाल्ला ओढाई सम्मान गरेको थियो । राजकुमार श्रेष्ठ गत वर्ष गुल्मीमा सम्पन्न महायज्ञमा पनि रेसुङ्गा बहुमुखी क्याम्पसलाई सवै भन्दा वढि रकम दान गर्ने दानविर हुन् । उनले समाज सेवा र मानविय उद्धारको क्षेत्रमा पछिल्लो चरण प्रंशसा पाउँदै आएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग