Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

काँग्रेसको चुनाव प्रचार–प्रसार समितीको कार्यालयबाट ठुलो परिणाममा मदिरा बरामद

Published on 4:43:00 AM //

हरि शर्मा
परासी, १७ कात्तिक । नवलपरासी नेपाली कांग्रेसको चुनाव प्रचार प्रसार समितिको कार्यालयवाट प्रहरीले शनिबार ठुलो परिमाणमा मदिरा बरामद गरेको छ । स्थानिय मतदाताहरुलाई वितरण गर्ने उद्धेश्यले उक्त मदिरा कार्यालयको घरमा गोदाम गरि राखिएको थियो । बरामद गरिएको मदिरा अन्त: शुल्क चोरी गरि राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
नवलपरासी क्षेत्र नं ४ का काग्रेस उम्मेदवार देबेन्द्रराज कण्डेलको चुनाव प्रचार प्रसार समितिको कार्यालयवाट उक्त मदिरा बरामद गरिएको हो । रामग्राम नगर समिति वडा नं २ को चुनाव प्रचार प्रसार समिति र स्थानिय महेन्द्र गुप्ताको घरवाट गरि कुल २ सय २५ कार्टुन मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सञ्जिव शर्माले बताउनुभयो ।
चुनाव प्रचार प्रसार समितिको कार्यालय वाट १ सय ४२ र स्थानिय महेन्द्र गुप्ताको घर वाट १ सय ८३ कार्टुन मदिरा बरामद भएको प्रहरी उपरिक्षक शर्माले बताउनुभयो । अन्त: शुल्कको स्टीकर र मदिराको लेवल समेत नराखि बरामद गरेको उक्त मदिरा नवलपरासीको सुनवल गाविस ३ मा रहेको सुन्दरी डिष्टीलरी वाट उत्पादीत रहेको प्रहरी नायब उपरिक्षक  शर्माले बताउनुभयो । बरामद गरिएको कुल १० हजार ८ सय पिस सिसा र प्लाष्टीकमा  रहेको कुनै पनि मदिरामा अन्त शुल्कको लेवल रहेको छैन ।
मतदाताहरुलाई प्रलोभनमा पार्ने उद्धेश्य अनुरुप काग्रेसले निर्वाचनको एक दिन अगाडि वितरण गर्ने उद्धेश्यले लुकाएर राखेको भन्ने सुराकि पाएर गएको टोलिले उक्त मदिरा बरामद गरेको हो ।   काग्रेस उम्मेदवार कण्डेलले अन्य स्थानमा पनि मदिरा लुकाएर राखेको हुन सक्ने भन्दै शंकास्पद कांग्रेस कार्यकर्ताहरुको घरमा खानतलासी कार्यलार्य तिव्र वनाएकोछ । अन्त: शुल्क चोरी गरि लुकाएर राखेको अवस्थामा बरामद उक्त मदिरा राख्न लगाउने उम्मेदवार र उत्पादन गर्ने डिष्ट्रीलरीलाई कारबाही गर्न स्थानियवासीहरुले माग गरेका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग