Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो छ पिडा गुल्मीका कृष्णको जस्ले बिना कसुर आरुषी-हेमराज हत्या अभियोगमा भारतमा यतना खेपे (भिडियो)

Published on 5:49:00 AM //

साढे ५ बर्ष अघी भारतको उत्तर प्रदेश स्थित नोयडामा भएको आरुषी-हेमराज हत्याकाण्ड र त्यससँग अनाहकमा जोडीएका गुल्मीका कृष्ण नेपालीको कथा प्रस्तुत गर्‍यो एभेन्युज टि.भीले हिजो शुक्रबारको खबर भित्रको खबरमा ।
पेशाले चिकित्सक रहेका राजेश तलबार र उनकी श्रीमती नुपुर तलबार आफ्नी छोरी र कामदारको हत्या गरे । शुरक्षाकर्मी र अनुसन्धान अधिकृतहरुलाई घटनाको वास्तविकतासम्म पुग्न निकै समय लाग्यो । तलबार दम्पतिलाई अदालतले बयानका लागि बोलाउँदा र उनिहरु प्रती शंका गर्दा हत्याको सहयोगी गुल्मीका कृष्ण नेपाली भएको आरोप उनिहरुले लगाउँदै आए ।
अहिले अदालतले उनिहरुलाई दोषी ठहर गर्दै आजिवन काराबासको सजाँय सुनाए पछी एभेन्युज टि.भीका गुल्मी संबाददाता गुल्मी पराल्मी स्थित कृष्ण नेपालीको घर पुगेका थिए जसले आरुषी-हेमराजको हत्यामा सहयोगीको भूमिका खेलेको भन्दै अनाहकमा यातना खेप्नुपरेको थियो । हेरौँ गुल्मी सहकर्मी जनार्दन घिमिरेको सहयोगमा एभेन्युज टि.भीले पीडित कृष्ण नेपालीको घरमा पुगेर तयार पारेको भिडियो रिपोर्ट:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग