Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्याउनुस्-नपत्याउनुस्: एउटै किताब १ करोड ४२ लाख डलरमा बिक्यो

Published on 5:13:00 AM //

अमेरिकामा छापिएको पहिलो पुस्तक १ करोड ४२ लाख ६५ हजार डलर कीर्तिमान मूल्यमा लिलाम भएको छ । सन् १६४० मा प्रकाशित ६ बाइ ५ इन्चको उक्त धार्मिक पुस्तक एक अमेरिकी व्यापारी तथा परोपकारी डेविड रुबेस्टियनले खरिद गरेका हुन् । उनले फोनबाटै उक्त पुस्तकको लिलामीमा बोली लगाएका थिए ।
‘बे साम बुक’ ( Bay of Psalm Book ) नामक उक्त पुस्तक दुर्लभ हुनुको साथै एउटा देशको भविष्यको प्रतीक बन्ने भएकाले पनि अत्यन्तै महत्त्वपूर्ण मानिएको छ । सोथेवी लिलामघरमा यो पुस्तक १ करोड ५० लाखदेखि ३ करोड डलरबीचको मूल्यमा बिक्री हुने अनुमान लगाइएको थियो । उक्त पुस्तक बोस्टन ओल्ड साउथ चर्चको संग्रहमा राखिएको थियो । उक्त चर्चसँग यो किताबको दुईप्रति थियो । कीर्तिमान मूल्यमा लिलाम भएपछि चर्चका वरिष्ठ पदाधिकारी नेन्सी टेलरले उक्त धनराशि उनीहरूका लागि अत्यन्तै धेरै भएको बताएकी छन् । ‘हामीले चलाउँदै आइरहेको परोपकारका कामका लागि यो ज्यादै महत्त्वपूर्ण हुनेछ।’

सन् १६३० मा इग्ल्यान्डबाट अमेरिकाको म्यासाच्युसेट्समा विशाल संख्यामा विस्थापन भएको केही वर्षपछि विस्थापित भएकाहरूले आफ्ना लागि भजनको एक पुस्तक लेख्न र त्यसलाई प्रकाशित गर्ने निर्णय गरेका थिए । उनीहरूसँग पहिल्यैदेखि भजनका पुस्तकहरू थिए। तर ती सबै हिब्रु भाषामा थिए र तिनीहरू त्यसलाई अंग्रेजीमा अनुवाद गर्न चाहेका थिए।

लन्डनबाट अनुमति लिनुपर्ने कानुनबाट बच्दै सन् १६३८ मा २ सय ४० रिम कागजसँगै एक प्रिन्टिङ प्रेस पनि ल्याए। यो परियोजनाका लागि रेवरड जोस ग्लोबरले चन्दा संकलनको जिम्मेवारी लिएका थिए। तर उनको यात्राका क्रममा मृत्यु भयो। उनकी विधवा क्याम्ब्रिजमै बसिन्। म्यासाच्युसेट्समा उनले प्रेसको स्थापन गरिन्। उक्त प्रेस स्टिफन डेले चलाएका थिए। उनले सन् १६४० मा हिब्रुबाट अंग्रेजीमा अनुवाद गरिएको उक्त भजनहरू संकलन गरिएको ३ सय ४० पेजको किताब १ हजार ७ सयप्रति प्रकाशित गरेका थिए। त्यही पुस्तकको नाम द बे साम बुक राखिएको थियो।

यसका प्रकाशित प्रतिहरू उपनिवेश कालमा चर्चहरूमा प्रयोगका लागि राखिने गरिएको थियो। त्यसको अर्को शताब्दिसम्ममा यो पुस्तकको ५० भन्दा बढी पटक पुनः प्रकाशन भइसकेको थियो। पहिलो संस्करणका धेरै जसो पुस्तकहरू भने दशक नबित्दै च्यातिएर नष्ट भएका थिए।

द बे साम बुकको एक प्रति फिलाडेल्फिया रोजोनबाक पुस्तकालयमा राखिएको छ। यस पुस्तकालयका निर्देशक डेरिक डेरहरले भने– ‘यो त्यस्तो पुस्तक होइन जसलाई काल्पनिक, अश्लील वा कुनै अन्य कुराले मूल्यवान् बनाएर प्रकाशित गरेको हो। यसको एउटै मात्र मूल्य थियो यसको पाठ्यसामग्री।’

अहिले यसको ११ प्रति मात्रै बचेको भन्ने विश्वास गरिन्छ। बोस्टनको ऐतिहासिक ओल्ड साउथ चर्चमा राखिएको दुई प्रतिबाट एक सोथेबीले लिलाममा राखेको हो। उक्त चर्चले आफूसँग बाँकी रहेको अन्तिम प्रति बिक्री गर्ने कुनै मनसाय नभएको जनाएको छ। यो किताबको बाँकी नौ प्रति प्रमुख संग्रहकर्ता तथा पुस्तकालयहरूमा सुरक्षित रहेका छन्। यसअघि सबैभन्दा महँगो पुस्तकको कीर्तिमान जोन जेम्सको आडुबोस बर्डस अफ अमेरिकाका नाममा रहेको थियो। यो पुस्तक डिसेम्बर २०१० मा ११ लाख ५० हजार डलरमा बिक्री भएको थियो।

द बे साम बुक को एक प्रति १९४७ मा कीर्तिमान मूल्य १ लाख ५१ हजार अमेरिकी डलरमा लिलाम भएको थियो। त्यस बेला पनि यो पुस्तकले गुटेनबर्गको बाइबिल ओल्ड टेस्टामेन्ट, सेक्सपियरको फस्र्ट फोलियो र ब्राइड अफ अमेरिकालाई पछाडि पार्दै कीर्तिमान बनाएको थियो।

खराब अवस्थाका कारण आलोचना भइरहेको भए पनि द बे साम बुकले यो उचाइ हासिल गरेको हो। प्रकाशक तथा लेखक इसाह थमसले दुई सय वर्षअगाडि यसमा छापिएका थुप्रै गल्तीहरूको उल्लेख गरेका थिए। उनले यो पुस्तकले राम्रो लेखनको प्रदर्शन नगरेको उल्लेख गरेका थिए।

अध्ययन गर्नेहरूले यो पुस्तक हिब्रु भाषाबाट भएको अंग्रेजीमा अनुवादमा अन्तरआत्माको आवाजलाई धेरै सुनेको बताउँछन् । -एजेन्सी
थप जानकारी:
http://news.in.msn.com/gallery/most-expensive-books-ever-sold-in-pictures

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग