Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हाडहाडे र जैसिथोकमा कांग्रेसको चुनावी कार्यक्रम सम्पन्न

Published on 8:28:00 PM //

गुल्मीन्युज संबाददाता
गुल्मी, कात्तिक २५ । चुनावी प्रचार प्रसारमा जुटेको नेपाली कांग्रेस गुल्मी क्षेत्र नम्बर ३ ले हाडहाडे गाविसको सोमरभोमरमा चुनावी सभा सम्पन्न गरेको छ । हाडहाडे गाउँ समति सभापति तेजबहादुर बोहोराको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमलाई क्षेत्र नम्बर ३ का कांग्रेस उम्मेदवार त्रैलोक्य प्रताप सेनले सम्बोधन गनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सेनले कम्युनिष्टहरुले गरेको भ्रमको खेती आफूहरुले चिरेको बताउनुभयो । उहाँले देशमा लोकतान्त्रीक संबिधानको निर्माण गनलाई यसपालीको चुनावमा नेपाली कांग्रेसलाई विजयी बनाउन समेत अनुरोध गर्नुभयो । ‘गुल्मीमा विगत २० बर्ष सम्म कम्युुनिष्टहरु शाशन गरे, अव उनीहरुलाई जनताले चिनेका छन् । यसपाली कांग्रेसको पक्षमा जनलहर उर्लिएको छ’ सेनले भन्नुभयो ‘यसपाली कांग्रेसले जित सुनिश्चित छ । कांग्रेुसको जित पछि जिल्लाको मुहार फेरिने छ ।’ साथै कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव छन्दबहादुर पहराई, महाधिवेशन प्रतिनिधि महेन्द्र भण्डारी, महाधिवेशन प्रतिनिधि कृष्णबहादुर नेपाली, स्थानीय सभाजसेवी प्रेमबहादुर राना, बिद्यार्थी नेता प्रेमबहादुर घम, चक्र सुन्दर काउछा लगायतले मनतब्य राख्नुभएको थियो । साथै कार्यक्रममा विविध सांस्कृतीक प्रस्तुती समेत देखाईएको थियो । नारायण पहराईको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन गाउँ समति उपसभापति लुमबहादुर पहराईले गर्नुभएको थियो ।
यस्तै चुनावी अभियानकै सिलसिलामा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ले जैसिथोक गाविसको गोपेमा चुनावी सभा सम्पन्न गरेको छ । उक्त कार्यक्रमलाई पनि क्षेत्र नम्बर ३ का कांग्रेस उम्मेदवार त्रैलोक्य प्रताप सेनले सम्बोधन गर्नुभएको थियो । गाउँ समिति सभापति श्यामबहादुर थापाको सभापतित्व रहेको कार्यक्रममा महाधिवेशन प्रतिनिधि कृष्ण नेपाली, नेविसंघका क्षेत्रीय उपसभापति कमल पोख्रेल, तरुण दलका गाउँ सभापति शालीक पोख्रेल, पदमबहादुर खत्री लगायतले पनि मन्तब्य राख्नुभएको थियो ।
सोही कार्यक्रमको अवसरमा जैसिथोक गाविसको वडा नम्बर ९ मा चुनाव प्रचार प्रसारका लागि वडा स्तरीय तरुण दलको मूल समिती गठन भएको छ । ११ सदस्य समितिको सभापतिमा गोकर्ण खत्री रहनुभएको छ । यस्तै नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ले चुनावी अभियान अन्तर्गत धुर्कोट बस्तुको वडा नम्बर ५ मा चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा महाधिवेशन प्रतिनिधि महेन्द्र भण्डारी, पार्टी सभापति लालमणी भण्डारी, सविच केशवराज भण्डारी लगायतको उपस्थिति रहेको थियो । 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग