Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बोइलर कुखुराको मासु प्रतिकिलो ४ सय रुपैयाँ पुग्यो

Published on 1:35:00 AM //

काठमाडौं, कात्तिक २५ गते । राजधानीमा बोइलर कुखुराको मासु प्रतिकिलो ४ सय रुपैयाँ पुगेको छ । तीन साताअघि ३ सय ४० रुपैयाँ खुद्रा कारोबार भएको मासु त्यसयता निरन्तर बढ्दै आइतबार प्रतिकिलो ४ सय रुपैयाँमा उक्लिएको छ । माग अनुसार आपूर्ति हुन नसक्ने भएकाले मूल्य थप बढ्न सक्ने व्यवसायीहरु बताउँछन् ।

बजारको मागभन्दा ४० प्रतिशत कम आफूर्ति भएपछि अत्यधिक मूल्य बढेको हो । ‘काठमाण्डौंमा दैनिक साढे २ लाखदेखि ३ लाख किलो मासुको माग छ,’ नेपाल कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसी भन्छन्, ‘आपूर्ति भने साढे १ देखि २ लाख किलोमात्र भइरहेको छ, यही कारणले मूल्य अकासिएको हो,’सरकारले अव्यवस्थित रुपमा साउनमा १५ लाखभन्दा बढी कुखुरा मारेकोले बजारमा आपूर्ति घट्दा मूल्य बढेको उनको तर्फ छ ।

अन्डा प्रतिक्रेट १५ रुपैयाँ महँगियो

उत्पादनमा वृद्धि हुन नसकेपछि कुखुराको अन्डा पनि प्रतिक्रेट १५ रुपैयाँले महँगिएको छ । अन्डाको उत्पादन लागत बढे पनि लेयर्स कुखुराको संख्या बढ्न नसक्दा मूल्यवृद्धि भएको नेपाल अन्डा उत्पादक संघले जनाएको छ । यसअघि २ सय ४५ रुपैयाँ प्रतिक्रेट रहेकोमा आइतबारदेखि अन्डा प्रतिक्रेटको मूल्य २ सय ६० भएको छ ।

-कारोबार दैनिक

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग