Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निर शाह, मेलिना मानन्धर सहित सय बढी कलाकर्मी कांग्रेसमा प्रवेश

Published on 5:09:00 AM //

संविधानसभा निर्वाचन नजिकिँदै गर्दा राजनैतिक माहोल तातेको छ। यो तातो माहोलमा कलाकारहरू पनि रमाउन थालेका छन्। आसन्न निर्वाचनलाई हेरेर कलाकारहरूको एक समूह नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको छ।

शनिबार बिहान कांग्रेस सभापति सुसील कोइराला निवास महाराजगन्जमा आयोजित एक समारोहबीच एक सय जति कलाकारले सिन्दुर माला पहिरिएर कांग्रेस प्रवेश गरेका हुन्। संविधानसभाको दोस्रो निर्वाचनको संघारमा आएर चर्चित अभिनेता नीर शाहदेखि युवा नायक जीवन लुइँटेलसम्मका कलाकारले कांग्रेस प्रवेश गरेका हुन्।

केही महिनाअघि नै उनीहरूलाई पार्टी प्रवेश गराउन खोजिए पनि समय नमिलेका कारण हालै मात्र पार्टी प्रवेश गराइएको समारोहमा जनाइयो। दर्जनँैं कलाकारलाई आफ्नो पार्टीमा प्रवेश गराएपछि सभापति कोइरालाले आफ्नो पार्टीमा यसरी कलाकारको प्रवेश हुनु खुसी र गौरवको कुरा भएको चर्चा गरे।

‘कला, संस्कृति र धर्मको विकास प्रजातन्त्रिक व्यवस्थामा मात्रै हुन्छ’, कोइरालाले भने– ‘हाम्रो पार्टीले सरकारमा रहे पनि नरहे पनि कलाकारहरूलाई सदैव नजिकबाट हेर्नेछ।’ उनले कलाकारको तर्पmबाट आसन्न संविधानसभाको निर्वाचनमा महत्त्वपूर्ण सहयोग कलाकारहरूकबो तर्फबाट हुने आशासमेत व्यक्त गरे। पार्टी प्रवेशका क्रममा अभिनेता नीर शाहले आफूहरू कांग्रेसमा प्रवेश गर्नुको पृष्ठभूमि खोतल्दै भने– ‘मुलुकले हरेक क्षेत्र र पेसाका मानिसबाट केही न केही अपेक्षा गरिरहेको यस समयमा हामीले पार्टीमा प्रवेश गरेका हौं। मानवीय अधिकार, स्वतन्त्रता र उन्मुक्तिको ग्यारेन्टी यस पार्टीले मात्रै गर्न सक्ने भएकाले हामी कांग्रेसमा लागेका हौं।’ पार्टीको सांस्कृतिक विभागका तर्पmबाट नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईको संयोजनमा भएको पार्टी प्रवेश कार्यक्रममा उनले परिआएको खण्डमा कलाकारका लागि पार्टीले उत्तरदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए।

पार्टी प्रवेश गर्नेहरूमा कलाकर्मीहरू नीर शाह, श्याम राई, नायक वीरेन श्रेष्ठ, मुकेश ढकाल, आकाश खवास, नायिका मेलिना मानन्धर, माला लिम्बु, रूपा राना, निर्देशक सुरज सुब्बा नाल्बो, राज मानन्धर, स्मृति तिमिल्सिना, रेनेसा राई, ताराप्रकाश लिम्बु, रोशन वान्तवा, राजीव श्रेष्ठ, सन्तु तामाङ, सञ्चारकर्मी स्वस्तिका पन्थी सिलवाललगायतका थिए। १ सय १६ भन्दा बढी कलाकर्मी र सञ्चारकर्मी पार्टी प्रवेश गरेको घोषणा गरे पनि नाम लिइएका दर्जनौं कलाकर्मीहरू समारोहमा सरिक थिएनन्। समारोहका आयोजकद्वारा उपलब्ध गराइएको नामावलीमा भने विभिन्न विधाका १ सय १६ जनाको नाम छ। कार्यक्रममा अभिनेता नीर शाहले ठट्यौली गर्दै भोटसमेत माग्न भ्याएका थिए। उनले हाँस्दै भने– ‘भोटचाहिँ यसपालि रूखमा है। हामीले भन्न त पर्यो नि।’ कलाकारितालाई राजनीतिले गहिरो रूपमा हस्तक्षेप गरेकाले र कलाकारको संरक्षण कांग्रेसले मात्रै गर्न सक्ने भएकाले कांग्रेसमा प्रवेश गरेको नवप्रवेशीहरूको जिकिर रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग