Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

संविधान ल्याउनका लागि कुनैपनि मूल्य चुकाउन पछि पर्दैनौ: नेता विष्ट

Published on 12:02:00 AM //


जनार्दन घिमिरे
गुल्मी, १४ मंसिर । नेकपा एमालेका केन्द्रिय सदश्य एवं संविधान सभा सदश्य गोकर्णराज विष्टले कुनै पनि सर्त र कुनै पनि मूल्यमा देशमा नयाँ संविधान ल्याउनु पर्ने वताउनु भएको छ । विश्वको इतिहासमा नेपालमा मात्र दोश्रो पटक संविधान सभाको निर्वाचन भएको भन्दै नेता विष्टले दोश्रो पटकको संविधानसभा निर्वाचनवाट पनि सविधान वनाउन सकिएन भने त्यो मूलुककोलागि ज्यादै दूभाग्र्यपुर्ण हुने दावि समेत गर्नु भएको छ ।
गुल्मी उद्योग वाणिज्य संघले आज सदरमुकाम तम्घासमा आयोजना गरेको स्वागत तथा परिचयात्मककार्यक्रममा वोल्दै नेता विष्टले उक्त कुरा वताउनु भएको हो । उहाँले आफुहरु संविधान ल्याउन र लेखाउनकालागि कुनैपनि मूल्य चुकाउन समेत पछि नपर्ने स्पष्ट पार्नु भयो । “संविधान लेख्दैमा पनि पुग्दैन, त्यो संविधान जनपक्षीय र प्रगतीशिल वन्न सकोस,” उहाँले भन्नु भयो । विष्टले एकिकृत नेकपा माओवादी र माओवादी सहितका ३२ दलहरुलाई विश्वासमा लिएर संविधान जारी गर्ने वताउनु भएको छ । उहाँले संविधान निर्माणमा ती दलहरुसँग सहमतिकालागि अन्तिम अवस्थासम्म पहल गरिने भन्दै यदि त्यसो हुन नसकेकमा विधि र प्रक्रियालाई आत्मसाथ गरेरै भएपनि संविधान ल्याउनु पर्ने प्रतिक्रिया दिनु भएको छ ।
विष्टले निर्वाचनमा दलीय राजनीतिका आधारमा प्रस्तुत भएपनि निर्वाचित भएपछि त्यो सवैको साझा प्रतिनिधि भएको भन्दै आफुले कुनैपनि व्यक्ति, दल, संघसंस्था आदि प्रति कहिल्यै फरक दृष्टिकोण नराख्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ । उहाँले नेपालमा जस्तो राजनिती दुनियाँमा कहि नभएको भन्दै कुनै पनि आग्रह र पुर्वाग्रह राख्ने नजरीयालाई टोड्न जरुरी भएको स्पष्ट पार्नु भयो  कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदश्य तथा संविधानसभा सदश्य चन्द्र भण्डारीले वर्तमान अवस्थामा नेता नोकर र जनता मालीक भएको भन्दै जनताको मन जित्नकालागि उनीहरुको भावना वुझेर मात्र काम गर्नु पर्ने वताउनु भयो । उहाँले जिल्लामा संचालीत अधुरा आयोजनालाई सम्पन्न गर्नकालागि आफुहरुले पहल गर्ने र साझा विकासको अवधारणलाई अघि वढाउने समेत वताउनु भएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग