Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 4:23:00 AM //

-कल्पना पौडेल "जिज्ञासु"
सगरमाथा हाम्रो शिर झुक्ने होकी फेरी
सहिदको आलो रगत सुक्ने होकी फेरी
 
बुद्धका उपदेशलाई सधै मनन नगरी
शान्ति र सदभाव त्यो लुक्ने होकी फेरी
 
छत्तिस वर्ण जातजाति साझा फूलवारिमा
शान-मान अस्तित्व नै चुक्ने होकी फेरी

स्वर्ग भन्दा प्यारो प्रकृतिको धनि नेपाल
रड्डी बनाई सत्रुहरुले थुक्ने होकी फेरी
 
नेपाल हाम्रो गौरब हो सबै नेपालीको
मुखिया भै विदेशीले भुक्ने होकी फेरी

गैडाकोट,४,नवलपरासी
हाल:इजरायल

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग