Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका थापाको कोरियामा मृत्यु

Published on 4:18:00 AM //

सोल, ११ मंसिर  । रोजगारी गर्न कोरिया आएका एक नेपालीको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
इपीएस मार्फत ढेड महिना अघि कोरियाको छल्ला बुकदोमा रहेको एक फूलबारीमा काम गर्न आएका गुल्मी शान्तिपुरका २२ बर्वीय कृष्णबहादुर थापाको आइतबार साँझ साढे आठ बजे भएको सवारी दुर्घटनामा मृत्यु भएको हो ।
मंगलबार बिहान घटनास्थलमा पुगेका सोलस्थित नेपाली दूताबासका श्रम सहचारी अनिल कुमार गुरुङले जनाए अनुसार आइतबार साँझ फुलबारी मालिकको मोटरसाइकल लिएर घुम्न निस्केका थापाको बुआन भन्ने ठाउँमा दुर्घटनामा परेको अवस्थामा पछाडिबाट तीव्र गतिमा आएको गाडीले किचेर मृत्यु भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग