Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वाणिज्य संघद्वारा सभाषदहरुको सम्मान

Published on 11:37:00 PM //

प्रेम सुनार
गुल्मी, १४ मंसिर । दोश्रो संविधान सभा चुनावमा विजय भएका गुल्मीका दुई सभाषदहरुलाई गुल्मी उद्योग वाणिज्य संघले आज एक समारोहका विच सम्मान गरेको छ । संघले आफ्नै सभाहलमा क्षेत्र नम्वर २ का सभाषद चन्द्र भण्डारी र ३ का सभाषद एवं पुर्व मन्त्री गोकर्णराज विष्टलाई सम्मान गरेको हो ।
सभाषद्धयलाई नेपालीको पहिचान भन्दै शिरमा ढाकाको टोपी, खादा र फुल अविर पहिराएर सम्मान गरिएको थियो । संघका संस्थापक अध्यक्ष नरप्रसाद श्रेष्ठ, पुर्व अध्यक्ष नन्दराम भुसाल, वर्तमान अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे सहित अन्य उद्योगी ब्यवसायी र समाजसेवीहरुले सम्मान गरेका थिए । सभाषदद्धयलाई जनताले चाहेको संविधान बनाउन र विकास कार्यामा सफल हुन शुभकामना दिँदै बधाई ज्ञापन गरेका थिए । कार्यक्रममा अध्यक्ष पाण्डेले संघको अवधारणा पत्र प्रस्तुत गर्दै जिल्लाको समग्र विकासका लागि पर्यटन र कृषिलाई टेवा पुग्ने खालका कार्यक्रमहरु ल्याउन सभाषदद्धयसंग आग्राह गरेका थिए । उनले सालझण्डी-तम्घास फास्टट्रयक निर्माण, रेसुङ्गा विमानस्थल निर्माण र तम्घास अस्पतालको स्तर बृद्धि लगायतका विकास निर्माण गर्न सभाषदहरुसँग माग गरेका थिए । सभाषदद्धयले पनि ति मागहरु सम्वोधन गर्ने प्रतिवद्धता जनाएका थिए ।
क्षेत्र नम्वर १ बाट विजयी सभाषद कृष्ण छन्त्याल भने केहि दिन अघि नै काठमाण्डौ गएकोले उहाँलाई पछि सम्मान गरिने संघले जनाएको छ । कार्यक्रममा सभाषदद्धय र संघका पुर्व अध्यक्ष नन्दराम भुसालले मन्तब्य राखेका थिए । संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष दुर्गाप्रसाद पाण्डेको स्वागत मन्तब्य र महासचिव कृष्णप्रसाद पोखरेलको सञ्चालन रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग