Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यस्तो छ बुटवल-बेलहीया ६ लेन सडक योजना, निर्माण तिब्र

Published on 11:24:00 PM //


कपिल ज्ञवाली
बुटवल, मंसिर १४ । बुटवल बेलहीया ६ लेन सडकको निर्माण कार्य तिब्र पारिएको छ । फरक-फरक ३ निर्माण कम्पनीले ठेक्का लिएर निर्माण गरिरहेको शडकको संरचना निकै आधुनिक र ब्यस्थित रहनेछ । ६ लेन भनिए पनि निर्माण सकिएपछि एकैपटक ८ वटा सवारी गुड्न सक्ने गरि निर्माण कार्य जारि रहेको हो ।
बुटवलको राजमार्ग चौराहादेखि बेलहिया सम्मको सिद्धार्थ राजमार्गको २४ दशमलब ०४ किलोमिटरको दुरीमा निर्माण भैरहेको शडक संरचनामा शडकको दांया र बांया दुबैपट्टी, ढल निकास, बिद्युत, खानेपानीको छुट्टै लाइन र पाइप रहने ब्यापारिक मार्ग बिस्तार आयोजना बेलहिया-बुटवल सडकका लेखा अधिकृत बसन्तराज सिग्देलले बताउनुभयो । ४ अरबको लागत अनुमानमा निर्माण थालिएको सडकको यतिबेला भने १ अरबको ठेक्का संचालन भैरहेको हो ।
शर्मा एण्ड कम्पनी, लामा रायमाझि कान्छा, लुम्बिनी कन्टेक्ट र आशिष निर्माण कम्पनीले निर्माण जारि राखे पनि केहि समय अगाडि १५ महिना म्याद थप गरिएको थियो । शुरुमा २४ महिनाको म्याद दिइएको थियो उनिहरुले अबको १ बर्षभित्र नै निर्माण सक्नुपर्नेछ । ३ वटै ठेकेदारलाइ ५—५ महिना म्याद थपिएको बताइएको छ । यो सडक भित्रको दुरीमा पर्ने योगिकुटीको पक्की पुल र बेलहिया नजिकको डण्डा पूल पनि थप ब्यस्थित बन्नेछन् । मुख्य सडकको ८२ फुट भित्र पर्ने र २०३४ साल असार २० भन्दा अगाडि घरको नक्सा पास भएका बाहेकका अन्य सबै संरचना भत्काइएको छ । उनिहरुलाई मुआब्जा दिनका लागि ८५ लाख रकम निकासा भैसकेको र थप रकम पछि आउने ब्यापारिक मार्ग बिस्तार आयोजना बेलहिया-बुटवल सडक कार्यालयले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग