Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मेली जनताको आस्था र विश्वासलाई टुट्न दिने छैन: गोकर्ण बिष्ट

Published on 9:51:00 PM //

जनार्दन घिमिरे
गुल्मी, ६ गुल्मी । संविधान सभा निर्वाचनमा गुल्मी क्षेत्र नम्वर तीनवाट नेकपा एमाले उम्मेदवार गोकर्णराज विष्ट भारी मतले विजयी वन्नु भएको छ । उहाँले १८ हजार ४ सय ८२ मत प्राप्तगरि संविधान सभा सदश्यमा विजयी भएको घोषणा गरेको थियो । विष्टका निकटतम प्रतिद्वन्दी नेपाल काँग्रेसका उम्मेदवार त्रैलोक्य प्रताप सेनले दश हजार २ सय ९४ मत प्राप्त गनुभएको थियो भने अर्का उम्मेदवार एकिकृत नेकपा माओवादीका वामदेव क्षेत्रीले ६ हजार ५ सय ३ मत प्राप्त गर्नु भएको थियो ।
गत संविधान सभा निर्वाचनमा सोही क्षेत्रवाट नेकपा एमाओवादीका उम्मेदवारवाट पराजित वन्नु भएका विष्टले यो पटक पुन सोही क्षेत्रवाट पार्टिको तर्फवाट आफ्नो उम्मेदवारी दिनु भएको हो । निकै सालिन र कर्तव्य निष्ट नेताको रुपमा परिचित विष्ट २०२२ सालमा पिता भीम वहादुर विष्ट, आमा चिन्तकला विष्टको कोखवाट गुल्मीको दोहोली गाविसमा जन्मिनु भएको थियो । वाल्यकालदेखि नै अति सरल र तिक्ष्ण स्वभावका उहाँ २०३५–३६ को विद्यार्थी आन्दोलनवाट राजनिती शुरु गर्नुभएको हो । विद्यार्थी आन्दोलनको क्रमममा पटकपटक जेल जिवन विताएका विष्ट युवा संघको पूर्व केन्द्रिय अध्यक्ष, वुद्धिजिवि परिषद ईन्चार्ज लेखा समिति सदश्य लगायतका पदमावसि काम गर्नुका अतिरिक्त उर्जा मन्त्री समेत वनि, हाल नेकपा एमालेका केन्द्रिय सदश्य समेत हुनुहुन्छ । राजनितिवाट समाज परिवर्तनका साथै विकास गर्न सकिन्छ भन्ने मान्यता वोकेका विष्ट जनताहरुका माझ निकै लोकप्रिय र स्वच्छ छविका नेताको रुपमा परिचित हुनुहुन्छ ।
विजयी वनेपछि पत्रकाहरुसँग कुरा गर्दै विष्टले आफ्नो पहिलो काम भनेको संविधान निर्माणलाई सफल पार्नु भएको वताउनु भएको छ् । “जनातले मलाई विश्वास गरि जुन विश्वास र भरोसाकासाथ जिम्मेवारी सुम्पिनु भएको छ, उहाँहरुको त्यो विश्वास र आस्थालाई टुट्न दिने छैन, विष्टले भन्नु भयो । यो जीत मेरो र मेरो पार्टिको मात्र जीत हैन, सवै यस क्षेत्रका जनताहरुको जीत हो भन्दै सवैले अपनत्व महशुस गर्नु पर्ने उनले वताए । उनले विजयलाई देशको ऐतिहासिक दायीत्वसँग जोद्दै आफुलाई सहयोग पुराउने सवै जनता तथा मतदाताहरु, व्यापारी, वुद्धिजीवि तथा सम्पूर्ण कर्मचारी एवं संचारकिर्महरु प्रति समेत आभार प्रकट गर्नु भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग